ग्रामीण विकास मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले गरे छत्तीसगढ़का उप मुख्यमन्त्री श्री विजय शर्मासित भेट


पीएम जनमन योजना अन्तर्गत छत्तीसगढ़मा 100 वटा पुल निर्माणको लागि 375.71 करोड़ रूपियाँको स्वीकृति

सरकार विशेष गरी कमजोर आदिवासी समहूको कल्याणको लागि प्रतिबद्ध- श्री शिवराज सिंह चौहान

Posted On: 06 AUG 2025 4:35PM by PIB Gangtok

छत्तिसगढ़मा विकासका कार्यहरूलाई वृहत प्रोत्साहन दिंदै आज केन्द्र सरकारले राज्यमा 100 वटा पुल र सम्बन्धित पूर्वाधार निर्माणका लागि 375.71 करोड़ रूपियाँ स्वीकृत गरेको छ। केन्द्रीय ग्रामीण विकास, कृषि तथा कृषक कल्याण मन्त्री श्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा छत्तीसगढ़का उप मुख्यमन्त्री श्री विजय शर्मालाई स्वीकृति पत्र हस्तान्तरण गरे। यस अवसरमा ग्रामीण विकास मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।  

स्वीकृति पत्र मार्फत केन्द्रीय मन्त्रीले जानकारी गराए कि प्रधानमन्त्री जनमन योजनाको दोस्रो चरण (2025-26) अन्तर्गत छत्तीसगढ़ राज्यका लागि 6,569.56 मिटर लम्बाइ रहेको 100 वटा पुलहरू निर्माण गर्न 375.71 करोड़ रूपियाँको अनुमानित लागतमा स्वीकृति दिइएको छ। यस स्वीकृतिसंगै छत्तीसगढ़ले हालसम्म 715 वटा सड़कहरू (2,449.108 किलोमिटर) र 100 वटा पुलहरूका लागि स्वीकृति प्राप्त गरिसकेको छ।

केन्द्रीय मन्त्रीले थप जानकारी दिंदै भने कि यस पहलको उद्देश्य सरकारका कल्याणकारी योजनाहरूको लाभ दुर्गम र पृथक क्षेत्रहरूमा, विशेषगरी अति संवेदनशील जनजाति समूहहरू (पीभीटीजी) सम्म विस्तार गर्नु हो। यो स्वीकृत कोषबाट निर्मण गरिने सड़क र पुलहरूले पीभीटीजी समुदायको सामाजिक तथा आर्थिक स्थितिमा सुधार ल्याउन उल्लेखनीय योगदान पुऱ्याउने अपेक्षा गरिएको छ। यसका साथै ती समुदायलाई राष्ट्रीय मूलधारा समावेश गर्न पनि मद्द गरिनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विकसित भारतको दृष्टिकोणसंग मेल खाने गरी यो कदम उठाइएको उल्लेख पनि उनले गरे।  

उप मुख्यमन्त्रीलाई सम्बोधन गर्दै श्री चौहानले राज्य सरकारले सड़क तथा पुलहरूको निर्माण कार्य उच्च गुणस्तरको साथ तीव्र गतिमा सम्पन्न गर्ने सुनिश्चित गर्ने आशा व्यक्त गरे।

सभाको क्रममा राज्यमा चामलको भण्डारणका वैकल्पिक उपायहरू, ग्रामीण तथा पञ्चायत स्तरमा पूर्वाधार सुदृढ़ीकरण, प्रधानमन्त्री आवास योजना (ग्रामीण) अन्तर्गत नयाँ घरहरूको स्वीकृतिका लागि सर्वेक्षण सञ्चालन, तथा अन्य भावी रणनीतिहरूमाथि पनि चर्चा गरियो।

******

 


(Release ID: 2153649)
Read this release in: English , Urdu , Hindi , Gujarati