सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स शिखर सम्मेलनले भारतीय मिडिया एवं मनोरञ्जन उद्योगलाई बढावा दिनेछ
वेभ्स 2025 मा सिक्किमको पारम्परिक जनजाति लोकनृत्य तामाङ सेलो प्रस्तुत गरिनेछ
पोस्ट गरियो:
25 APR 2025 5:30PM by PIB Gangtok
भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत पत्र सूचना कार्यालय (पीआइबी), गान्तोकद्वारा आज गान्तोकको प्रेस क्लब अव् सिक्किममा प्रेस वार्ता आयोजित गरियो। कार्यक्रममा भारतीय मनोरञ्जन एवं रचनात्मक उद्योगलाई सम्मिलित भई आफ्नो प्रतिभा वैश्विक स्तरमा प्रदर्शनको अवसर प्रदान गर्ने शीर्ष मञ्च रहेको विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 बारे मिडियाकर्मीहरूलाई विस्तृत जानकारी प्रदान गरियो।
पीआइबी तथा आकाशवाणी समाचार, गान्तोकका सहायक निर्देशक मानसप्रतीम शर्माले मुम्बईको जियो वर्ल्ड सेन्टरमा 3 मईको दिन वेभ्स सांस्कृतिक एवं साङ्गीतिक गोष्ठी 2025 को अंशका रूपमा सिक्किमको पारम्परिक जनजाति लोकनृत्य तामाङ सेलो प्रस्तुत गरिने जानकारी दिए।

यसका साथै 1 देखि 4 मई, 2025 सम्म मुम्बईमा आयोजित हुने वेभ्स शिखर सम्मेलनले भारतको बढ्दो मिडिया एवं मनोरञ्जन उद्योग प्रदर्शित गर्दै यसको विकास, नवाचार तथा सहयोगको सम्भावनाबारे प्रकाश पार्ने शर्माले अवगत गराए। यस शिखर सम्मेलनले उद्योगको भविष्यबारे सम्मिलन, चर्चा तथा विचार-विमर्श गर्न वैश्विक उद्योगका दिग्गज, नीति निर्धारक अनि हितधारकहरूलाई एकसाथ ल्याउने पनि जानकारी दिए।
यसका साथै यो शिखर सम्मेलन मिडिया अनि मनोरञ्जनको क्षेत्रमा देशभरीका सर्जकहरूलाई जोड्दै अन्तरराष्ट्रिय सहकार्य पोषित गर्ने विशेष मञ्च रहेको पनि बताए। यस शिखर सम्मेलनले सिर्जनशील पेशेवर, नीति निर्माता, उद्योगका दिग्गद, प्राविधिक कम्पनीहरू, स्टार्टअप्स तथा निवेशकलाई एउटा मञ्चमा ल्याउने उनले उल्लेख गरे।

यस प्रतिष्ठित पहलको अंश बन्न सिक्किमका युवा सामग्री सर्जकहरूलाई प्रोत्साहित गर्न सिक्किमको मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने पनि शर्माले अनुरोध गरे। भारत मण्डपबारे बोल्दै यो देशको कथा भन्ने-सुनाउने गहन विरासत तथा वैश्विक मिडिया एवं मनोरञ्जन परिदृश्यमा यसको बढ्दो प्रभावप्रति जीवन्त श्रद्धाञ्जलि रहेको उल्लेख गरे।
सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागकी वरिष्ठ जिल्ला सूचना अधिकारी श्रीमती सरोजिनी सुब्बाले उपस्थित मिडियाकर्मीहरूलाई सम्बोधित गर्दै वेभ्स शिखर सम्मेलन एउटा वैश्विक कार्यक्रम हुनका साथै सर्जकहरूलाई आफ्नो सामग्री अरू व्यापक दर्शकसमक्ष प्रस्तुत गर्ने ठूलो अवसर रहेको बताइन्।

युवा पिँढीका सर्जकहरू अरू व्यापक रूपमा डिजिटल संसारसँग संलग्न भएको कुरालाई ध्यानमा राख्दै डिजिटल तथा सामाजिक सञ्जालसँग संलग्न मिडियाकर्मीहरूलाई यो कार्यक्रम आफ्नो समाचारको पृष्ठमा बढी समावेश गर्न पनि उनले अनुरोध गरिन्। यसै गरी उनले आकाशवाणी गान्तोकलाई पनि राज्यको सबै कुनासम्म यो समाचार प्रसारित गर्न उनले अनुरोध गरिन्।
सिक्किममा धेरै सङ्ख्यामा युवा डिजिटल सर्जक रहेको उल्लेख गर्दै यस प्रकारको पहलमा सहभागी बने उनीहरूले आफ्नो प्रतिभालाई निखार्नका साथै अनुभव बटुल्ने बताइन्। यसका साथै पीआइबीका साथै सूचना एवं प्रसारण मन्त्रालयको पृष्ठ अनुगमन गर्दै वेभ्सको गतिविधिबारे ताजा जानकारी प्राप्त गर्न उनले प्रतिभागीहरूलाई अनुरोध गरिन्।
कार्यक्रममा पीआइबी, आकाशवाणी समाचार, गान्तोकका अधिकारीहरू लगायत कैयौं क्षेत्रीय छापा एवं डिजिटल मिडियाका पत्रकारहरू सहभागी बने। यसपछि आयोजित अन्तरक्रिया सत्रले अधिकारीहरूसँग आबद्ध बन्न, शङ्का निवारण गर्नका साथै वेभ्स 2025 बारे परखज्ञान हासिल गर्न मिडियकर्मीहरूलाई बहुमूल्य अवसर प्रदान गरेको थियो।

******
(रिलिज आईडी: 2124363)
आगन्तुक काउन्टर : 17