प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले गरे जी-20 श्रम एवं रोजगार मन्त्रीहरूको बैठकलाई सम्बोधित
“चौथो औद्योगिक क्रान्तिको यस युगमा, रोजगारको मुख्त प्रेरक शक्ति प्रौद्योगिकी हो र रहनेछ”
“स्किलिङ, री-स्किलिङ र अप-स्किलिङ भावी श्रमशक्तिको मूलमन्त्र हो”
“भारतसँग विश्वमा कुशल श्रमशक्तिको सबैभन्दा विशाल प्रदाता देशमध्ये एक बन्ने क्षमता छ”
“हामीले हरेक देशको अनौठो आर्थिक क्षमता, शक्ति र चुनौतीलाई बुझ्नुपर्नेछ। हामीले सबैका लागि एकरूपी सोच सामाजिक सुरक्षाको अनवरत वित्तपोषणका लागि उपयुक्त छैन भन्ने बुझ्नुपर्नेछ”
Posted On:
21 JUL 2023 9:31AM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेशको इन्दौरमा आयोजित जी-20 श्रम एवं रोजगार मन्त्रीहरूको बैठकलाई आज भिजियो सन्देशको माध्यमद्वारा सम्बोधित गरे।
इन्दौरमा अतिथिगतणको स्वागत गर्दै प्रधानमन्त्रीले यस ऐतिसाहिसक र जीवन्त शहरको पाककलाको आफ्नो समृद्ध परम्परामाथि गर्व रहेको र शहरले अतिथिगणले शहरको रङ्गारङबीच स्वादको सक्दो आनन्द उठाउने आशा व्यक्त गरे।
रोजगारलाई आर्थिक अनि सामाजिक पक्षको सबैभन्दा महत्त्वपूर्ण अंशको रूपमा रेखाङ्कित गर्दै प्रधानमन्त्रीले विश्व यस समय रोजगार क्षेत्रलाई ध्यानमा राख्दै महान परिवर्तनको सँघारमा खडा रहेको बताए। यस तेज परिवर्तनलाई ध्यानमा राख्दै जवाबी अनि कारगर रणनीति तयार गर्नुपर्ने आवश्यकतामाथि उनले बल दिए। प्रधानमन्त्रीले चौथो औद्योगिक क्रान्तिको यस युगमा रोजगारको मुख्य प्रेरक शक्ति प्रौद्योगिकी रहेको र रहिरहने बताए। प्रौद्योगिकीको नेतृत्त्वमा परिवर्तन अनुरूप बितेका दिनहरूमा प्रौद्योगिकीको क्षेतमरा अनेकौं रोजगार सिर्जना गर्नसक्ने भारतको क्षमता पनि उनले उजागर गरे। उनले अथिथिहरूलाई इन्दौरको चर्चा गर्दै यो यस समय परिवर्तनको नयाँ लहरमा कैयौं स्टार्टअप्सको गढ बनिसकेको बताए।
प्रधानमन्त्रीले उन्नत प्रौद्योगिकी र प्रक्रियाको उपयोगले श्रमशक्तिलाई कुशल बनाउनुपर्ने कुरामाथि जोड दिँदै स्किलिङ, री-स्किलिङ र अप-स्किलिङ भावी श्रमशक्तिको मूलमन्त्र रहेको बताए। भारतको “स्किल इण्डिया मिशन”को उदाहरण दिँदै यसलाई वास्तविकता बनाएको उनले बताए। कौशल विकास योजनाको उदाहरण दिँदै यस अन्तर्गत अहिलेसम्म भारतका 12.5 मिलियन युवालाई प्रशिक्षित गरिएको उनले बताए। “कृत्रिम बुद्धिमता, रोबोटिक्स, इन्टरनेट अव् थिङ्स र ड्रोन” जस्ता “फोर पोइन्ट ओ” सेक्टरमाथि विशेष ध्यान दिइरहेको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले कोभिडको समय भारतका अगुवा स्वास्थ्यसेवाहरूको कौशल अनि समर्पणलाई उजागर गर्दै यसले सेवा वा करुणाको भारतीय परम्परा परिलक्षित हुने बताए। भारतसँग विश्वमा कुशल श्रमशक्तिको सबैभन्दा विशाल प्रदाता देश बन्ने क्षमता रहेको तथा वैश्विक रूपमा चलित श्रमशक्ति भविष्यमा वास्तविकता बन्ने उनले बताए। विकासको वैश्विकरण तथा साँचो अर्थमा कौशललाई साझा गर्नमा जी-20 को भूमिकामाथि पनि उनले जोड दिए। कौशल अनि योग्यता आवश्यकतालाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय स्तरमा नोकरी-पेशाको जानकारी शुरु गर्नका लागि सदस्य देशहरूको प्रयासको पनि उनले सराहना गरे। यसका लागि अन्तरराष्ट्रिय सहयोग वा समन्वय तथा प्रवास अनि एक स्थानदेखि अर्को स्थानमा जानेबारे साझेदारीको नयाँ तवर-तरिका आवश्यक रहेको उनले बताए। शुरुवातमा नियोक्ता अनि कामगारहरूबारे आँकडा, सूचना वा डाटा साझा गर्नुपर्नेछ, जसद्वारा असल कौशल निर्माण, श्रमशक्ति योजना र लाभप्रद रोजगारका लागि प्रमाण आधारित नीतिहरू बनाउन विश्वभरीका देश क्षमतावान बन्नसकून्, उनले भने।
पूर्ण कलेवरमा आउने परिवर्तनले स्वतन्त्र कामगार वा अनुबन्धमा काम गर्नेहरू तथा कुनै एप वा वेबसाइटको माध्यमद्वारा ग्राहकहरूका लागि काम गर्नेहरूका लागि नयाँ वर्ग सिर्जना हुनुको कारण यो सम्भव भएको पनि प्रधानमन्त्रीले सङ्केत दिए। यी दुवै प्रकारका अर्थव्यवस्था महामारीको समय अस्तित्त्वमा आएको थियो। यो लचिलो व्यवस्था रहेको र यसले आयको अतिरिक्त स्रोत प्राप्त हुने उनले बताए। यस व्यवस्थामा लाभप्रद रोजगार सिर्जना गर्ने, विशेष गरी युवाहरूका लागि रोजगार रचना गर्ने अपरा क्षमता रहेको उनले बताए। यसको माध्यमद्वारा महिलाहरूको सामाजिक-आर्थिक सशक्तिकरणमा पनि परिवर्तन ल्याउन सकिनेछ, उनले भने। नयाँ युगका यी कामगारहरूका लागि नयाँ युगको नीति अनि योजना बनाउने आफ्नो क्षमता पहिचान गर्न आवश्यक रहेको कुरामाथि प्रधानमन्त्री मोदीले बल दिए। नियमित कामको निम्ति अवसर सिर्जना गर्ने र सतत समाधान खोज्नुपर्ने साथै सामाजिक सुरक्षा, स्वास्थ्य वा कुशलक्षेम सुनिश्चित गर्नका लागि नयाँ तवर-तरिका तयार गर्नुपर्ने उनले सुझाउ दिए। प्रधानमन्त्रीले भारतको “ई-श्रम पोर्टल”को चर्चा गर्दै यसमा करिब 280 मिलियन मानिसले पञ्जिकरण गराएको तथा यसको माध्यमद्वारा यी कामगारहरूलाई लक्षित गरी उनीहरूको कल्याणका काम भइरहेको प्रधानमन्त्रीले बताए। सबै देशले यस प्रकारको समाधान अङ्गीकार गर्नुपर्नेछ, कारण कामको प्रकृति हरेक ठाउँ समान भएर गइरहेका छन्, उनले भने।
तथापि, 2030 एजेण्डामा मानिसहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नु प्राथमिकता रहेको भए तापनि,, यसका बावजुद अन्तरराष्ट्रिय सङ्गठनहरूले विद्यमान प्रारूप अप्नाएका छन् जसमा केवल लाभमाथि ध्यान दिने गरिएको प्रधानमन्त्रीले सङ्केत दिए। भारतमा सामाजिक सुरक्षाको परिधिको सही तस्वीर बुझ्नका लागि सार्वभौमिक स्वास्थ्य, खाद्य सुरक्षा, बीमा अनि पेन्सन कार्यक्रमहरूको लाभलाई ध्यानमा राख्न आवश्यक रहेको उनले बताए। हामीले हरेक देशको अनौठो आर्थिक क्षमता, शक्ति अनि चुनौतीलाई बुझ्नुपर्नेछ, उनले सुझाउ दिए। सबैका लागि एकरूपी सोच सामाजिक सुरक्षाको अनवरत वित्तपोषणका लागि उपयुक्त हुँदैन भन्ने हामीले बुझ्नुपर्नेछ, उनले भने।
आफ्नो सम्बोधनलाई समाप्त गर्दै यस बैठकले सम्पूर्ण विश्वका सबै कामगारको कल्याणका लागि दमदार सन्देश पुऱ्याउने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। उनले यस क्षेत्रमा केही अत्यावश्यक विषयको समाधान गर्न सबै अतिथिगणद्वारा गरिने प्रयासको पनि सराहना गरे।
*****
(Release ID: 1941611)
Visitor Counter : 120
Read this release in:
Assamese
,
Kannada
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Malayalam