पोस्ट गरियो:
26 NOV 2026 2:40PM by PIB Gangtok
दार्जीलिङ, २६ नोभेम्बर २०२६:
दार्जीलिङ र मिरिक क्षेत्रका अर्किड उत्पादकहरूको लाभका लागि आईसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र (एनआरसीओ) ले २५ नोभेम्बर २०२६ मा आफ्नो दार्जीलिङ क्याम्पसमा बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) र वनस्पति प्रजाति संरक्षण तथा कृषक अधिकार ऐन (पीपीभीएफआरए) सम्बन्धी एकदिने प्रशिक्षण तथा सचेतना कार्यक्रम आयोजना गर्यो।
कार्यक्रमको सत्रमा आईसीएआर-एनआरसीओका निर्देशक डा. एस.पी. दासले उत्पादकहरूको हितका लागि संस्थानले अघि बढ़ाएका पहलहरूबारे जानकारी गराउनुभयो। उहाँले राष्ट्रपति भवनमा सिम्बिडियम अर्किड आपूर्ति गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै यसबाट क्षेत्रको अर्किड खेतीबाट हुने आर्थिक आम्दानी बढ़्ने बताउनुभयो।
डा. एल.सी. देले ‘खेत बचाओ अभियान’ को मूल उद्देश्यका रूपमा रहेको माटो संरक्षणको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।
आईपीआरका नोडल अधिकारी डा. कलाईवाननले उत्पादकहरूको अधिकार संरक्षण गर्न आईपीआर र पीपीभीएफआरएका विभिन्न धाराअन्तर्गत रहेका प्रावधानहरूबारे उनीहरूलाई सचेत गराउनुभयो।
कार्यक्रममा दार्जीलिङ, सोनादा, पोख्रेबुङ र मिरिकका विभिन्न अर्किड सोसाइटीका अध्यक्ष तथा सचिवसहित कुल १८ जना उत्पादक सहभागी भएका थिए।

******
MPS/TWB