पोस्ट गरियो:
26 NOV 2026 1:18PM by PIB Gangtok
नयाँ दिल्ली, 26 नोभेम्बर, 2026:
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज आफूले लेखेको एउटा विचार लेख साझा गर्नुभएको छ। उक्त लेखमा भारतको संविधान र संविधान सभाको विशिष्टता तथा भारतको संविधान उहाँको जीवनयात्राको अभिन्न अङ्ग कसरी बनेको छ भन्ने विषयलाई उजागर गरिएको छ।
लेखमा प्रधानमन्त्रीले सामाजिक तथा आर्थिक न्याय प्रवर्द्धनका लागि गरिएका प्रयासहरूबारे प्रकाश पार्नुभएको छ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल X लेख्नुभएको छ:
“यस विचार लेखमा मैले निम्न विषयहरूलाई उजागर गरेको छु:
हाम्रो संविधान र संविधान सभाको विशिष्टता।
भारतको संविधान मेरो जीवनयात्राको अभिन्न अङ्ग कसरी बनेको छ।
एनडीए सरकारले संविधानलाई कसरी अझ सुदृढ़ बनाएको छ।
सामाजिक तथा आर्थिक न्याय प्रवर्द्धनका लागि गरिएका प्रयासहरू।
मैले निम्न विषयहरूलाई पनि उजागर गरेको छु:
पाँच दशकसम्म देशमा शासन गर्नेहरूले संविधानलाई कसरी कुल्चिए।
एउटा पार्टी कसरी ‘विरोध पक्ष’ बाट ‘अवरोध पक्ष’ मा रूपान्तरित भएको छ।”
अङ्ग्रेजी - http://nm-4.com/PxXR6o
हिन्दी - http://nm-4.com/HbHegQ
***********
MPS/TWB