पोस्ट गरियो:
20 NOV 2026 6:25PM by PIB Gangtok
गान्तोक, २० नोभेम्बर २०२६:
नयाँ दिल्लीस्थित डा. अम्बेडकर अन्तर्राष्ट्रिय केन्द्रमा २० नोभेम्बर २०२६ मा आवास तथा शहरी मामिला मन्त्रालयद्वारा आयोजित स्वनिधि सम्मान पुरस्कार २०२६ समारोहमा सिक्किमले एक प्रमुख सम्मान हासिल गरेको छ।
आवास तथा शहरी मामिला राज्यमन्त्री श्री तोखन साहूको उपस्थितिमा, आवास तथा शहरी मामिला मन्त्री श्री मनोहर लालले उक्त पुरस्कार प्रदान गरे। यस कार्यक्रममा कुल ५२ वटा पुरस्कार र ५ विशेष सम्मानहरू प्रदान गरिएका थिए।

सिक्किमलाई पूर्वोत्तर तथा पहाडी राज्यहरूको श्रेणीमा उत्कृष्ट ऋण निष्पादन पुरस्कार प्रदान गरिएको छ। स्ट्रिट विक्रेताहरूलाई समयमै र सहज रूपमा औपचारिक ऋण उपलब्ध गराउने कार्यमा देखाएको अनुकरणीय प्रदर्शनका लागि सिक्किमलाई यो सम्मान दिइएको हो। यो पुरस्कारले राज्य सरकार, शहरी स्थानीय निकाय, ब्याङ्क र फिल्डमा खटिएका अधिकारीहरूको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ, जसले पीएम स्वनिधि योजनाका लाभहरूलाई सिक्किमका दुर्गम तथा पहाडी क्षेत्रलगायत हरेक योग्य स्ट्रिट विक्रेतासम्म पुर्याउन भूमिका खेलेका छन्।

समारोहलाई सम्बोधन गर्दै श्री मनोहर लालले स्ट्रिट विक्रेताहरूलाई 'स्ट्रिट वन्डर्स' को संज्ञा दिए। उनले उनीहरूको उद्यमशील भावना, धैर्य र साना जीविकोपार्जनका गतिविधिहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्ने क्षमताको प्रशंसा गरे। उनले भने, पीएम स्वनिधिको सफलता केन्द्र र राज्य सरकार, ब्याङ्क तथा शहरी स्थानीय निकायहरूको सामूहिक प्रयासको परिणाम हो। यो पुरस्कारले योजनाका उद्देश्यहरूलाई जमिनी स्तरसम्म पुर्याई ठोस नतिजामा परिणत गर्न उनीहरूले पुर्याएको योगदानको कदर गर्दछ।
उनले यो योजनाले स्ट्रिट विक्रेताहरूलाई साना ऋणबाट ठूला ब्याङ्क ऋणतर्फ अघि बढ्न र आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुर्याउने कुरामा जोड दिए। यसले जीविकोपार्जनका अवसर, वित्तीय समावेशीकरण र सामाजिक सुरक्षालाई प्रवर्द्धन गर्दछ। उनले यस योजनासँग सम्बन्धित गीत—"हर मेहेनतकश का साथ दिया, पीएम स्वनिधि ने सम्मान दिया" को पनि उल्लेख गरे। यसले समाजमा कडा परिश्रम गर्ने स्ट्रिट विक्रेताहरूको गरिमा, पहिचान र सम्मानलाई कसरी बलियो बनाएको छ भन्ने कुरालाई उजागर गर्दछ।
******
MPS/TWB