शिक्षा मन्त्रालय
azadi ka amrit mahotsav

एनआइटी सिक्किमद्वारा राभङलाको बुद्ध उद्यानमा नवौं दीक्षान्त समारोह पालन

पोस्ट गरियो: 21 NOV 2026 1:58PM by PIB Gangtok

राभङला, 21 नोभेम्बर 2026।

राष्ट्रिय प्रविधि संस्थान (एनआइटी), सिक्किमद्वारा स्नातक उत्तीर्ण गर्ने विद्यार्थीहरूको शैक्षणिक यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा पार गर्दै, राभङाको बुद्ध उद्यानमा 21 नोभेम्बर, 2026 को दिन सफलतापूर्वक नवौं दीक्षान्त समारोह पालन गरियो।

यस अवसरमा सिक्किम सरकारका शिक्षा मन्त्री श्री राजु बस्नेत मुख्य अतिथिका रूपमा थिए भने कार्यक्रमको अध्यक्षता एनआइटी सिक्किमको शासक मण्डलका अध्यक्ष श्री रमेशकुमार सरवगे गरेका थिए। यस अवसरमा, एनआइटी सिक्किमको शासक मण्डलका सदस्य श्री उगेन छोपेल लगायत अन्य गणमान्यजन अनि अतिथि पनि उपस्थित थिए।

एनआइटी सिक्किमका निर्देशक प्रो. महेशचन्द्र गोविलले शैक्षणिक, अनुसन्धान, नवाचार तथा संस्थागत विकास लगायत विद्यार्थीहरूको भागीदारी प्रकाश पार्दै महत्त्वपूर्ण उपलब्धिका साथ संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। यसका साथै, आगामी दुई वर्षभित्र निर्माण पूरा हुने अपेक्षित खामदोङको दुङदुङमा स्थायी क्याम्पसतर्फ प्रस्तावित रूपान्तरणसहित उनले संस्थानको भावी मार्गचित्र पनि रेखाङ्कित गरे।

स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई सम्बोधित गर्दै शासक मण्डलीका अध्यक्ष श्री रमेशकुमार सरावगीले भारतको समृद्ध सभ्यतागत विरासतमाथि चिन्तन गर्दै स्नातक उत्तीर्ण हुने विद्यार्थीहरूलाई राष्ट्रको मूल मूल्य-मान्यताका साथै सांस्कृतिक लोकाचारलाई अक्षुण्ण राख्दै विज्ञान, प्रविधि अनि नवाचारमा अर्थपूर्ण तरिकाले योगदान पुऱ्याउन प्रोत्साहित गरे

सिक्किम सरकारका शिक्षा मन्त्री श्री राजे बस्नेतले आफ्नो सम्बोधनमा स्नातक उत्तीर्ण हुने विद्यार्थीहरूलाई “विकसित भारत@2047”को परिकल्पनामा नवाचार, उद्यमिता, अनुसन्धान अनि प्राविधिक प्रगतिको माध्यमद्वारा सक्रिय रूपमा योगदान पुऱ्याउन आह्वान गरे। जिम्मेवार नागरिकका साथै भावी नेतृत्त्वलाई आकार दिनका लागि आत्मविश्वास, सत्यनिष्ठा अनि नैतिक साहसको महत्त्वमाथि पनि उनले जोड दिए। भारतको समृद्ध पारम्परिक ज्ञान प्रणालीलाई समाजको बढी हितको निम्ति समकालीन वैज्ञानिक प्रगतिका साथ वैज्ञानिक रूपमा खोज, सत्यापन अनि एकिकरण गर्न आवश्यक रहेको उनले प्रकाश पारे।

यस अवसरमा प्रतिष्ठित दानवीर तथा शान्तिनाथ डिटरजेन्ट्स प्रा. लि., कोलकाता, पश्चिम बह्गालका निर्देशक श्री विनोदकुमार जैनलाई उल्लेखनीय योगदानको निम्ति मानद विद्यावारिधि वाचस्पतिको (डी.लिट (मानद) उपाधिद्वारा सम्मानित गरियो। आफ्नो सम्बोधनमा उनले भारतको भविष्यप्रति आशावादी दूरदृष्टि प्रस्तुत गर्दै राष्ट्र निर्माणका साथै प्रगतिशील समाजलाई आकार दिन युवा स्नातकहरूको महत्त्वपूर्ण भूमिका रहेको कुरामाथि बल दिए।

दीक्षान्त समारोहको अवसरमा, एनआइटी, सिक्किमद्वारा 196 डिग्री अनि डिप्लोमा प्रदान गरियो, जसमा 145 बी.टेक डिग्री, 18 एम.टेक डिग्री, 14 एमएससी डिग्री, 18 विद्यावारिधि डिग्री तथा 1 स्नातकोत्तर डिप्लोमा प्रदान गरियो। उल्लेखनीय शैक्षणिक प्रदर्शनी एवं उत्कृष्टताको निम्ति, नौवटा स्वर्ण पदक पनि मेधावी विद्यार्थीहरूलाई प्रदान गरियो।

समारोहमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव, महकुमा अधिकारी (एसडीएम), राभङला, अतिरिक्त जिल्लापाल (विकास), एसडीएम नाम्ची, विभिन्न केन्द्रिय एवं राज्य सरकारका सङ्गठनबाट विशिष्ट प्रतिनिधिहरूका साथै शैक्षणिक बन्धुगण, नजिकका स्कूलहरूका शिक्षक अनि विद्यार्थीहरूका साथै सङ्काय अनि कर्मचारीका अथिरिक्त प्रिन्ट एवं ईलेक्ट्रनिक मिडियाका प्रतिनिधिहरू पनि उपस्थित थिए।

एनआइटी सिक्किमको नवौं दीक्षान्त समारोह, शैक्षणिक उपलब्धिहरूको उत्सव मात्र नभएर अत्याधुनिक अनुसन्धान एवं नवाचार प्रोत्साहित गर्दै राष्टर विकासमा योगदान पुऱ्याउन सक्षम पेशेवरहरूलाई पोषित गर्ने संस्थानको प्रतिबद्धता पनि यसले पुष्टि गर्दछ। स्नातक विद्यार्थीहरूले पेशागत अनि शैक्षणिक यात्रामा शुरु गरिरहँदा, ज्ञान, सत्यनिष्ठा, नवाचारका साथै समाजलाई सेवाको मूल्य-मान्यतालाई अक्षुण्ण राख्न प्रोत्साहित गर्दै उनीहरूको सफलताको निम्ति यो संस्थान कामना गर्दछ।

*****

MPS/TWB


(रिलिज आईडी: 2340286) आगन्तुक काउन्टर : 3
मा यो विज्ञप्ति पढ्नुहोस्: English