वित्त मन्त्रालय
azadi ka amrit mahotsav

राज्य स्तरीय ब्याङ्कर्स समिति, सिक्किमद्वारा गान्तोकमा बृहत् वित्तीय समावेशन परिपूर्णता शिविर शुरु


पोस्ट गरियो: 28 OCT 2026 3:40PM by PIB Gangtok

गान्तोक, 28 अक्टोबर 2026।

प्रत्येक नागरिकलाई बुनियादी ब्याङ्किङ, पेन्सन अनि बीमा सेवासँग जोड्ने भारत सरकारको निर्देश अनुरूप राष्ट्रव्यापी अभियान अन्तर्गत राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी), सिक्किमद्वारा गान्तोकको चिन्तन भवनमा बृहत् वित्तीय समावेशन परिपूर्णता शिविर शुरु गरिएको छ।

उद्घाटन समारोहमा राज्यका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जीटी ढुङ्गेल मुख्य अतिथिका रूपमा उपस्थित थिए। अन्य गणमान्य व्यक्तिहरूमा डीआइजी, सीआइडी श्री तेञ्जिङलोदेन लेप्चा, नाबार्डका महाप्रबन्धक श्री मनोहर लाल, आरबीआइका उप-महाप्रबन्धक श्री सुधीर कनेकर अनि एसबीआइका उप-महाप्रबन्धक श्री प्रशान्तकुमार सिंह पनि उपस्थित थिए।

कार्यक्रमको मुख्य विशेषता विशेषज्ञहरूद्वारा विषयगत सत्र रहेको थियो। सामाजिक सुरक्षा योजना विषयमाथि एसएलबीसीका सहायक महाप्रबन्धक श्री गोपाल लामाले उपस्थित भेलालाई पीएमजेडीवाई, पीएमजेजेबीवाई, पीएमएसबीवाई अनि एपीआइ आदि जस्ता विभिन्न योजनाको फाइदाका साथै नाम दर्ता गर्ने प्रक्रियाबारे जानकारी दिए। साइबर सुरक्षा अनि धोकाधडी रोकथाम विषयमा श्री तेञ्जिङलोदेन लेप्चाले नागरिकहरूलाई डिजिटल अनि अनलाइन धोकाधडीबारे जागरूक गराउँदै साइबर अपराधको रोकथामबारे आवश्यक सुझाउ साझा गरे।

सुरक्षित ब्याङ्किङ प्रचलनको विषयमा एसबाआइका मुख्य प्रबन्धक श्री फुर्बा शेर्पाले ब्याङ्क खातासँग आधार कार्ड जोड्ने, केवाईसी विवरण अद्यतन गर्ने र दाबी नगरिएको धन वा सम्पत्ति मार्गनको महत्त्वबारे प्रकास पारे। कृषकहरूलाई सहयोगको विषयमा बोल्दै श्री मनोहर लालले किसान कार्ड योजनाको (केसीसी) माध्यमद्वारा कृषकहरूले सजिलै प्राप्त गर्नसकिने साथै प्रधानमन्त्री फसल बीमा योजना (पीएमएफबीवाई) उपयोग गरी फसलको सुरक्षा गर्नसकिने जानकारी दिए। धोकाधडी रोकथाम अनि केवाईसी अनुपालन विषयमा श्री सुधीर कनेकरले नागरिकहरूलाई समयमा पुनःकेवाईसीका साथै सी-केवाईसी अद्यतनको महत्त्वबारे अवगत गराउँदै वित्तीय धोकाधडीबारी सूचित गर्ने आधिकारिक उजुरी तन्त्रको विस्तृत जानकारी दिए।

आफ्नो समापन सम्बोधनमा मुख्य अतिथि श्री जीटी ढुङ्गेलले कार्यक्रम अति नै जानकारीमूलक रहेको उल्लेख गर्दै नागरिकहरूलाई यी सरकारी योजनाहरूमा नाम दर्ता गरी भविष्य सुरक्षित बनाउन आग्र गरे। यो अभियान 31 दिसम्बर, 2026 सम्म जारी रहनका साथै सिक्किमको सबै 197 जीपीयु अनि युएलबी समेटिने जानकारी एसएलबीसीका एजीएमले दिए।

कार्यक्रमको समापन एसबीआइका क्षेत्रीय प्रबन्धक श्री आलोककुमार दासको औपचारिक धन्यवाद ज्ञापनका साथ भयो।

**********

MPS/TWB


(रिलिज आईडी: 2329517) आगन्तुक काउन्टर : 18
मा यो विज्ञप्ति पढ्नुहोस्: English