पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
सिक्किममा एलपीजी आपूर्तिको स्थिति स्थिर; बक्यौती 1.46 दिनमा सीमित
प्रविष्टि तिथि:
16 APR 2026 4:23PM by PIB Gangtok
गान्तोक, 16 अप्रेल 2026।
सिक्किममा एलपीजी सिलिण्डरको आपूर्ति एवं वितरण स्थिर रहनका साथै राज्यभरी उपभोक्तालाई समयमा वितरण सुनिश्चित गर्दै वर्तमान बक्यौती 1.46 दिनमा सीमित रहेको छ।
पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले राज्य सरकारका साथै एलपीजी वितरकहरूसँगको तालमेलमा कुनै प्रकारको गतिरोध आइपर्न नदिन आपूर्ति शृङ्खलाको नजिकबाट निगरानी जारी राखेको छ। घरायसी माग पूरा गर्न बोटलिङ संयन्त्र अनि गोदामहरूमा एलपीजीको पर्याप्त भण्डार कायम गरिँदैछ।
सिक्किममा कूल थाँतीमा रहेको एलपीजी बुकिङ आजको मितिमा 5,284 रहेको छ। यसका विरुद्ध औसतमा दैनिक वितरण 3,618 सिलिण्डर रहेको छ। वितरणको यस गतिका साथ समग्र बक्यौती 1.46 दिनको बन्ने आइओसीएलका वरिष्ठ अधिकारीले जानकारी दिए, जसले अन्तिम कोशसम्म कुशल आपूर्ति शृङ्खला प्रबन्धन प्रतिबिम्बित गर्दछ।
नियमित एलपीजी कनेक्सन प्राप्त गर्न नसक्ने तथा एलपीजी पासबुक नभएका विद्यार्थी, प्रवासी मजदुर तथा अन्य अस्थायी निवासीहरूका लागि खाना पकाउने ग्यासको आवश्यकतामाथि जोड दिँदै गान्तोक जिल्लाको चुनिएका एलपीजी वितरण अनि एजेन्सीहरूमा 5 केजीको फ्री ट्रेड एलपीजी (एफटीएल) सिलिण्डर पनि उपलब्ध गराइँदैछ।
यसका साथै, सम्बन्धित राज्यका अधिकारीहरूले विभिन्न ईलेक्ट्रनिक तथा डिजिटल मञ्चको माध्यमद्वारा जनजागरूकता फैलाउनका साथै उपभोक्ताहरूलाई अनुकूल रूपमा योजना निर्धारित गर्न सक्षम बनाउन अर्को दिन एलपीजी सिलिण्डर वितरणको तालिका पनि नियमित रूपमा प्रकाशित गरिँदैछ।
सरकारले आवश्यक इन्धनको निर्बाध उपलब्धता सुनिश्चित गर्न सबै आवश्यक उपाय गरिरहेको हुँदा नागरिकहरूलाई अत्यासमा परी पेट्रोल, डिजल अनि एलपीजी खरिद नगर्न आग्रह गरेको छ। यसका साथै आम जनमानसलाई अफवाहबाट सतर्क रही केवल सटीक जानकारीका लागि आधिकारिक स्रोतमाथि निर्भर गर्न पनि सल्लाह दिइएको छ। खाली सिलिण्डर भर्नका लागि एलपीजी उपभोक्ताहरूलाई डिजिटल बुकिङ मञ्चको प्रयोग गरी अनावश्यक रूपमा वितरककहाँ भीड नजमाउन पनि अनुरोध गरिएको छ। विवेकपूर्ण उपायका रूपमा, नागरिकहरूलाई सम्भव भएसम्म ईलेक्ट्रिक वा इण्डक्सन कूकटप प्रयोग गर्न पनि नागरिकहरूलाई प्रोत्साहित गरिएको छ। सबै निवासीलाई वर्तमान स्थितिमा आफ्नो दैनिक कार्यका लागि ऊर्जा संरक्षणको चलन अपनाउन पनि आग्रह गरिएको छ।
********
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2252669)
आगंतुक पटल : 30
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English