कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

आईसीएआर सिक्किम केन्द्रले ‘भारत विस्तार’ योजनाको शुभारम्भको प्रत्यक्ष स्क्रिनिङ आयोजन गऱ्यो


प्रविष्टि तिथि: 18 FEB 2026 4:27PM by PIB Gangtok

किसानहरूको उत्पादन क्षमता बढ़ाउने उद्देश्यले केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले 17 फरवरी, 2026 मा राजस्थानको जयपुरमा ‘भारत विस्तार’ योजनाको उद्घाटन गरे। कृषि तथा किसान कल्याण विभागद्वारा शुरु गरिएको यो योजनाले किसानहरूलाई कृषिसँग सम्बन्धित सूचना र प्रविधि प्रदान गर्दछ।

भारत विस्तारको माध्यमद्वारा, किसानहरूले आफ्ना समस्याहरूको समाधान हासिल गर्न, केन्द्रीय सरकारका योजना र सुविधाहरूमा पहुँच गर्न, देशभरिका विभिन्न मण्डीहरूबाट तत्काल समाधान र बजार मूल्यहरूको लागि 155261 डायल गर्न अनि आफ्नो स्थानीय भाषामा जवाफ हासिल गर्न आफ्नो मोबाइल फोन प्रयोग गर्न सक्नेछन्। यो योजनाले शुरुमा हिन्दी र अङ्ग्रेजीमा सेवा प्रदान गर्दछ, जसलाई 11 भाषामा विस्तार गर्ने योजना छ।

लञ्च कार्यक्रममा देशभरिका लाखौँ किसानहरूको भर्चुअल सहभागिता रहेको थियो, जसलाई राज्यका कृषि मन्त्रीहरू, आईसीएआर, केभीके, कृषि विश्वविद्यालय र अन्य संस्थानहरूले सहजीकरण गरेका थिए।

कार्यक्रमको प्रत्यक्ष प्रसारण गान्तोकको तादोङस्थित आईसीएआर सिक्किम केन्द्रमा गरिएको थियो, जसको संयोजन डा. सुदीप कुमार दत्ताले आईसीएआर सिक्किम केन्द्रको क्षेत्रीय केन्द्रका प्रमुख डा. अशोक कुमारको निर्देशनमा गरेका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारणमा सिक्किम सरकारको बागवानी विभाग, गान्तोक जिल्लाका 53 क्षेत्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सत्रपछि योजनाका विभिन्न पक्षसँग सम्बन्धित सहभागीहरूका प्रश्नहरूलाई सम्बोधन गरिएको थियो र उनीहरूले कृषिमा एआई अनुप्रयोगहरूमा बहुमूल्य जानकारी हासिल गरेका थिए, जसले गर्दा उनीहरूलाई एआई अनुप्रयोगको थप अन्वेषण गर्न र भविष्यमा कृषिमा एआईको प्रयोगमा थप तालिम लिन प्रेरित गरिएको थियो।

*********

एमपीएस/एमसी


(रिलीज़ आईडी: 2229694) आगंतुक पटल : 19
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English