वित्त मन्त्रालय
azadi ka amrit mahotsav

आरबीआई गान्तोकले एमएसएमई ऋणलाई बढ़ावा दिनका लागि पेलिङमा दुई दिवसीय एनएएमसीएबी कार्यशाला आयोजन गऱ्यो


Posted On: 15 OCT 2025 5:52PM by PIB Gangtok

भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), गान्तोकले 13-14 अक्टोबर, 2025 मा पेलिङमा राष्ट्रिय ब्याङ्कर्स क्षमता निर्माण मिशन (एनएएमसीएबी) पहल अन्तर्गत दुई दिवसीय कार्यशाला आयोजना गर्यो। यस कार्यशालामा ब्याङ्किङ र वित्तीय पारिस्थितिक तन्त्रका प्रमुख हितधारकहरूलाई एमएसएमई क्षेत्रको लागि संस्थागत समझ र समर्थनलाई मजबुत पार्न हेतु एक साथ ल्याएको थियो। गेजिङ, नाम्ची र सोरेङ जिल्लामा सञ्चालित विभिन्न ब्याङ्क शाखाका कुल 35 ब्याङ्क अधिकारीहरूले कार्यशालामा भाग लिएका थिए।

कार्यशालाको उद्घाटन गर्दै आरबीआई, गान्तोकका क्षेत्रीय निर्देशक श्री थोटनगम जामङले भारतको आर्थिक विकासमा एमएसएमईहरूको महत्त्वपूर्ण भूमिका र एमएसएमई क्षेत्रलाई ब्याङ्क ऋण बढ़ाउने आवश्यकतामाथि जोड़ दिए। उनले ब्याङ्करहरूलाई उन्नति योजना अन्तर्गत एमएसएमईहरूलाई वित्तपोषित गर्न सल्लाह दिए।

आरबीआई, गान्तोकका महाप्रबन्धक श्री गोदा रविशङ्करले स्वागत भाषण दिए, जसमा उनले एमएसएमई ऋणमा रहेको क्रेडिट अन्तरालमाथि प्रकाश पारे तथा ब्याङ्करहरूलाई एमएसएमई उद्यमीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न र उनीहरूलाई ऋण बढ़ाउन आग्रह गरे।

त्यसपछि धेरै प्राविधिक सत्रहरू भए, जसमा आरबीआईका प्रबन्धक श्री सोहन सिंह राजपुरोहितले एमएसएमईहरूलाई ऋण दिने, खाता एग्रीगेटर, प्राविधिक हस्तक्षेप, डिजिटल ऋण दिने र फिनटेकको भूमिका सम्बन्धी आरबीआईका दिशानिर्देशहरूलाई सामेल गरे। आरबीआईका प्रबन्धक श्री पराज नागदिवेले निगरानी, तनाउ प्रबन्धन, पुनरुद्धार, पुनर्वास र पुनर्गठन योजनाहरूमाथि एक सत्र लिए।

ब्याङ्करहरूको सफ्ट स्किल्स बढ़ाउनका लागि आरबीआईकी प्रबन्धक श्रीमती अदिति हलदारले एमएसएमई उद्यमीहरूसँग व्यवहार गर्दा भावनात्मक बुद्धिमत्ताको भूमिकामा जोड़ दिइन् तथा प्रभावकारी सञ्चार रणनीतिहरूमाथि प्रकाश पारिन्।

क्रेडिट स्कोरिङ र रेटिङ मोडेलको उपयोग, सीजीटीएमएसई योजना, पीएम विश्वकर्मा योजना, एनपीए रिकभरी संयन्त्र र उन्नति योजनाका विशेषताहरूलाई कवर गर्ने विभिन्न सत्रहरूमा जिल्ला उद्योग केन्द्रकी महाप्रबन्धक श्रीमती अनुला गुरुङ; वाणिज्य तथा उद्योग विभागका श्री प्रेम छेत्री; एमएसएमई डीएफओका सहायक निर्देशक श्री निर्मल चौधरी; सिडबीका प्रबन्धक श्री शेखर सुमन; एसबीआईकी श्री नितेश कुमार; ट्रान्सयुनियन सिबिलका श्री इन्द्रनील मुखर्जी र ग्रान्ट थर्नटन भारतका श्री सन्तोष शाले भाग लिए।

******

एमपीएस


(Release ID: 2179553) Visitor Counter : 6
Read this release in: English