युवा मामिला तथा खेलकुद मन्त्रालय
भीबीवाईएलडी 2026: युवाहरूको लागि नेतृत्व क्षमता प्रदर्शन गर्ने एक मञ्च
विकसित भारत 2047: युवा मामिला तथा खेल मन्त्रालयले विकसित भारत युवा नेता संवाद 2026 आयोजना गरिरहेको छ
प्रविष्टि तिथि:
18 SEP 2025 4:20PM by PIB Gangtok
विकसित भारत 2047 को लक्ष्यलाई प्राप्त गर्नका लागि नीति निर्माणमा एक लाख युवाहरूलाई सामेल गराउने प्रधानमन्त्रीको आह्वानबाट प्रेरित भएर भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयले विकसित भारत युवा नेता संवाद-2026 (भीबीवाईएलडी-2026) आयोजन गरिरहेको छ, जुन 15-29 वर्ष उमेरका युवाहरूका लागि कृषि, कौशल विकास, शासन, अन्तरिक्ष प्रविधि आदि जस्ता क्षेत्र-विशिष्ट विषयवस्तुहरूमा नवीन विचारहरूलाई व्यक्त गर्न एक मञ्च हो। यस वर्ष शुरु गरिएको उद्घाटन संस्करणको सफलताको आधारमा विकसित भारत युवा नेता संवाद 2026 (भीबीवाईएलडी 2026) को दोस्रो संस्करणले छनोट भएका युवा नेताहरूलाई जनवरी 12, 2026 मा राष्ट्रिय युवा महोत्सव 2026 को समयमा नयाँ दिल्लीको भारत मण्डपममा प्रधानमन्त्री समक्ष आफ्ना विचार प्रस्तुत गर्ने अनौठो अवसर प्रदान गर्नेछ।
भीबीवाईएलडीको लागि छनोट प्रक्रिया चार चरण सामेल छन्। पहिलो चरण विकसित भारत क्विज हो, जुन माई भारत पोर्टल (ाूलहरीरीं.र्सेीं.ळप) मा एक राष्ट्रव्यापी अनलाइन क्विज हो, जुन 01 सेप्टेम्बरदेखि 15 अक्टोबर 2025 सम्म आयोजित हुनेछ। क्विजका विजेताहरूको घोषणा 22 अक्टोबर, 2025 मा गरिनेछ।
क्विज राउण्डबाट छनोट भएका शीर्ष 10% सहभागी (3 लाखभन्दा अधिक होइन) विकसित भारत निबन्ध चुनौतीका लागि अघि जानेछन्, जुन 23 अक्टोबरदेखि 5 नोभेम्बर, 2025 सम्म आयोजित हुनेछ। त्यसपछि छनोट भएका सहभागीहरूले विकसित भारत पीपीटी चुनौतीको हिस्साको रूपमा 24 नोभेम्बरदेखि 8 दिसम्बर, 2025 सम्म राज्य स्तरमा व्यक्तिगत रूपमा आफ्ना विचार प्रस्तुत गर्नेछन्।
अन्तमा, राष्ट्रिय स्तरको च्याम्पियनशिप, विकसित भारत च्याम्पियनशिप 10 देखि 12 जनवरी, 2026 सम्म दिल्लीमा राष्ट्रिय युवा महोत्सवको समयमा आयोजना गरिनेछ।
विकसित भारत क्विज 15-29 वर्ष उमेरका सबै युवाहरू (1 सेप्टेम्बर, 2025 सम्म) का लागि खुल्ला छ। यस क्विजमा बहुविकल्पीय प्रश्नहरू हुन्छन् र यो पूरा गर्न केवल 15 मिनट लाग्नेछ। प्रत्येक पूरा प्रयासका लागि मन्त्रालयको तर्फबाट एक सहभागिता प्रमाणपत्र जारी गरिनेछ।
सबै पात्रय युवाहरूलाई क्विज राउण्डमा भाग लिन, आफ्ना विचार साझा गर्न, नेतृत्व क्षमताको प्रदर्शन गर्न र विकसित भारत ऽ 2047 को दृष्टिकोणमा योगदान दिनका लागि प्रोत्साहित गरिन्छ। शैक्षिक संस्थानहरूलाई पनि आफ्ना विद्यार्थीहरूमाझ यो अवसरलाई प्रवर्द्धन गर्न आग्रह गरिएको छ।
****
(रिलीज़ आईडी: 2168180)
आगंतुक पटल : 60
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English