लघु, सूक्ष्म तथा मध्यम उद्योग मन्त्रालय
azadi ka amrit mahotsav

एमएसएमई-डीएफओ गान्तोकले प्रधानमन्त्री विश्वकर्मा योजना अन्तर्गत विपणन सहायतामाथि जागरूकता कार्यक्रम आयोजना गऱ्यो


पोस्ट गरियो: 16 SEP 2025 4:55PM by PIB Gangtok

सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय (एमएसएमई) ले जिल्ला उद्योग केन्द्र, राष्ट्रिय लघु उद्योग निगम (एनएसआईसी), भारतीय डाक र सिक्किम विश्वविद्यालयको सहयोगमा आज गान्तोकस्थित पर्यटन कार्यालय, पर्यटन भवनमा प्रधानमन्त्री विश्वकर्मा योजना अन्तर्गत विपणन सहायता सम्बन्धी एक दिवसीय जागरूकता कार्यक्रम आयोजना गऱ्यो।

यस कार्यक्रममा गान्तोकका जिल्लापाल श्री तुषार जी निखारे मुख्य अतिथिको रूपमा उपस्थित थिए। गान्तोकका अतिरिक्त जिल्लापाल (विकास) श्री मिलन राई र गान्तोक नगर निगमकी उपायुक्त श्रीमती याङछाङ भोटिया विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

आफ्नो सम्बोधनमा जिल्लापाल निखारेले पीएम विश्वकर्मा योजनाको महत्त्वमाथि जोड दिए एवं सिक्किममा राज्य सरकारले शुरु गरेको पीएएलए (आकांक्षी नवप्रवर्तक र स्थानीय उपलब्धि प्राप्तकर्ताहरूको लागि कार्यक्रम) पहलको बारेमा विस्तृत जानकारी पनि दिए। यो कार्यक्रम अनुभवी उद्यमीहरूसँग भेटघाट र अभिवादन जस्ता कार्यक्रमहरूको माध्यमद्वारा स्थानीय उद्यमीहरूलाई सहयोग गर्ने, स्थानीय उपलब्धिहरूमा नवीनता र आत्मनिर्भरतालाई बढावा दिने उद्देश्यले गरिएको थियो। यस कार्यक्रममा सरकारी योजनाहरू, डिजिटल मार्केटिङ र विकासका अवसरहरूबारे जागरूकता सत्रहरू पनि सामेल छन्, जसले उद्यमीहरूलाई जोड्न, सिक्न र आफ्नो उद्यम निर्माण गर्न मञ्च प्रदान गर्दछ। उनले सहभागीहरूलाई यस पहलको हिस्सा बन्न र यसका फाइदाहरूको पूर्ण लाभ उठाउन प्रोत्साहित गरे।

विशेषज्ञ स्रोतवक्ताहरूले जेम, ओएनडीसी, बी2बी पोर्टल र लघु उद्योग पोर्टल जस्ता सरकारी पोर्टलहरूको लाभ उठाउने विषयमा सत्र प्रस्तुत गरे। उनीहरूले अमेजन, फ्लिपकार्ट र मीशो जस्ता डिजिटल बजार साथै यूट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पनि चर्चा गरे। यस अतिरिक्त, उनीहरूले अन्य डिजिटल मार्केटिङ उपकरणहरूमाथि पनि विमर्श गरे।

सिक्किम विश्वविद्यालयका प्राध्यापक डा. पी. के. दासले डिजिटल मार्केटिङको बारेमा एक प्रस्तुति दिए, जसमा अनलाइन प्रचार र बिक्री रणनीति, सरकार समर्थित डिजिटल वाणिज्य पहल र जैविक मार्केटिङ प्रविधिहरू सामेल थिए। उनले उत्पादहरूको ब्रान्डिङ, बिक्रीको तरिकालाई अपनाउने र छुट प्रदान गर्ने सन्दर्भमा फ्लिपकार्ट र मीशो जस्ता सामाजिक सञ्जाल प्लेटफर्म र ई-वाणिज्य साइटहरूको भूमिकाको बारेमा पनि चर्चा गरे।

गान्तोकस्थित भारतीय डाकका उप अधीक्षक श्री मोनोजित चन्द्रमले व्यापारमा डाकघरहरूको भूमिकामाथि प्रकाश पारे तथा भारतीय डाकको कार्यप्रणालीको सिंहावलोकन प्रस्तुत गरे। उनले उद्यमशीलतामा भारतीय डाकको महत्त्वमाथि जोड दिए।

भारतीय डाकका मार्केटिङ कार्यकारी श्री समीर प्रधानले भारतीय डाक, पश्चिम बङ्गाल सर्कलको सिंहावलोकन प्रस्तुत गरे, जसले भारत र विदेशमा छिटो, विश्वसनीय र समयबद्ध डेलिभरीको लागि प्रिमियम सेवा स्पीड पोस्टका सुविधाहरूमा ध्यान केन्द्रित गर्यो। उनले स्पीड पोस्टको ट्यारिफ संरचनाबारे पनि व्याख्या गरे, जुन ढुवानीको तौल र दूरीमा आधारित छ।

यस कार्यक्रममा कारिगर र उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले व्यापक दर्शकहरूसम्म पुग्नका लागि नयाँ उपकरण र प्रविधिहरूलाई अपनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

अन्त्यमा, प्रधानमन्त्री विश्वकर्मा योजना अन्तर्गत विपणन सहयोग सम्बन्धी जागरूकता कार्यक्रम एक उल्लेखनीय सफलता थियो, जसले कारिगर र उद्यमीहरूलाई डिजिटल मार्केटिङ प्लेटफर्म र ई-वाणिज्य अवसरहरूमा बहुमूल्य अन्तर्दृष्टि र व्यावहारिक प्रशिक्षण प्रदान गर्यो। यस कार्यक्रमले परम्परागत कारिगरहरूलाई सशक्त बनाउने र भारतको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गर्यो।

 

पृष्ठभूमि

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा 17 सेप्टेम्बर 2023 मा शुरु गरिएको प्रधानमन्त्री विश्वकर्मा योजना परम्परागत कारिगर र शिल्पकारहरूको सशक्तिकरणको लागि एक ऐतिहासिक पहल भएको छ। कार्यान्वयनको पहिलो चरणमा देशभर 30 लाखभन्दा बढी पञ्जीकरण सम्पन्न भइसकेका छन्। कारिगरहरूले पहिले नै आधुनिक टूलकिटहरूको वितरण, विशिष्ट कारिगर पहिचान कार्ड जारी गर्ने र उनीहरूको उत्पादकता र जीविकोपार्जन बढाउन 5% ब्याजमा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्।

अगाडि बढ्दै यो योजनाको दोस्रो चरणले आजको प्रतिस्पर्धी बजारमा कारिगरहरूले आफ्ना उत्पादहरू प्रभावकारी रूपमा प्रदर्शन गर्न र बेच्न सक्षम छन् भनी सुनिश्चित गर्न व्यापक विपणन सहायतामा जोड दिन्छ। आजको कार्यक्रम डिजिटल मार्केटिङ प्लेटफर्म र ई-वाणिज्य अवसरहरूमा कारिगरहरूलाई मार्गदर्शन र व्यावहारिक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले गरिएको थियो।

*****

एमपीएस/एसके


(रिलिज आईडी: 2167292) आगन्तुक काउन्टर : 30
मा यो विज्ञप्ति पढ्नुहोस्: English