वित्त मन्त्रालय
सिङ्ताममा मेगा वित्तीय समावेशीकरण शिविर आयोजित
मेगा शिविरमा खाम्दोङ र आसपासका क्षेत्रका 93 निवासीहरूले सक्रिय सहभागिता जनाए
शिविरको अवसरमा पुनः केवाईसी र विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत नामाङ्कनको सुविधा प्रदान गरियो
शिविरको उद्देश्य वित्तीय समावेशीकरण र डिजिटल साक्षरतालाई बढ़ावा दिनु हो
पोस्ट गरियो:
10 SEP 2025 2:36PM by PIB Gangtok
भारतीय स्टेट ब्याङ्क (एसबीआई), राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी), सिक्किमको संयोजकको हैसियतमा, भारत सरकारको वित्तीय सेवा विभाग (डीएफएस) द्वारा शुरु गरिएको तीन-मासिक सन्तृप्ति अभियानको एक भागको रूपमा 9 सेप्टेम्बर, 2025 मा सिक्किमको खाम्दोङ ब्लक प्रशासनिक केन्द्रमा एक मेगा शिविर आयोजन गरिएको थियो।

यस कार्यक्रममा खाम्दोङ र आसपासका क्षेत्रका 93 निवासीहरूको सक्रिय सहभागिता रहेको थियो। गान्तोकको आरबीआईका क्षेत्रीय निर्देशक श्री टी जामङले कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थिति जनाएका थिए। उपस्थित अन्य गणमान्य व्यक्तिहरूमा श्री रोशन सुब्बा, एसडीएम, खाम्दोङ-सिङ्ताम (राब्दाङ), श्री दोर्जी शेर्पा, बीडीओ, खाम्दोङ, सिक्किम सरकार, श्री गोपाल लामा, सहायक महाप्रबन्धक, एसएलबीसी (सिक्किम) र खाम्दोङ क्षेत्रका तीन पञ्चायत सभापतिहरू सामेल थिए।
शिविरमा विभिन्न वित्तीय समावेशीकरण र सामाजिक सुरक्षा योजनाहरू अन्तर्गत नामाङ्कनको सुविधा प्रदान गरियो, जसका प्रमुख परिणामहरूमा शिविरमा उपस्थित कुल 93 सहभागीहरू, 12 व्यक्तिको लागि पुन: केवाईसी पूरा गरियो र क्रमशः प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई) र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई) योजनाहरू अन्तर्गत 15 र 5 नामाङ्कन गरिएको थियो।

आफ्नो मुख्य भाषणमा क्षेत्रीय निर्देशक, आरबीआईले अनुपालन र ग्राहक सुरक्षाको लागि आवधिक पुन: केवाईसीको महत्त्वमाथि जोड दिए। उनले विफल डिजिटल लेनदेन र साइबर धोकाधडीका घटनाहरूमा पालना गर्नुपर्ने प्रक्रियाहरूको बारेमा पनि सहभागीहरूलाई संवेदनशील बनाए तथा रिजर्भ ब्याङ्क लोकपाल योजना अन्तर्गत गुनासो निवारण संयन्त्रहरूमाथि प्रकाश पारे।
क्षेत्रीय निर्देशकले ब्याङ्कहरूसित स्थानीय समुदायको लागि राम्रो वित्तीय पहुँच सुनिश्चित गर्न खाम्दोङ ब्लकमा एक बिजनेस करेस्पोडेन्ट आउटलेट स्थापना गर्न आग्रह गरे।

कार्यक्रमलाई श्री गोपाल लामा, एजीएम, एसएलबीसी (सिक्किम), श्री रोशन सुब्बा, एसडीएम, राब्दाङ, श्री डी शेर्पा, बीडीओ, खाम्दोङ र श्री शर्मा, पञ्चायत सभापतिले पनि सम्बोधन गरेका थिए। उनीहरूले वित्तीय समावेशीकरण योजनाहरूलाई जमिनी स्तरसम्म विस्तार गर्नुको महत्त्व दोहोऱ्याए।
मेगा शिविर सफलतापूर्वक सम्पन्न भयो, जसले जागरूकता सिर्जना गर्यो, नामाङ्कनलाई सहज बनायो र भारत सरकारको ीतन-मासिक सन्तृप्ति अभियानका उद्देश्यहरूलाई प्राप्त गर्ने दिशामा ब्याङ्क र हितधारकहरूको प्रतिबद्धतालाई सुदृढ बनायो।


*******
(रिलिज आईडी: 2165309)
आगन्तुक काउन्टर : 33