आयुष
azadi ka amrit mahotsav

सिक्किमले राष्ट्रिय आयुष मिशन शिखर सम्मेलनमा भाग लियो


पोस्ट गरियो: 04 SEP 2025 6:40PM by PIB Gangtok

नयाँ दिल्ली, 4 सेप्टेम्बर, 2025: भारत सरकारको आयुष मन्त्रालयले नयाँ दिल्लीस्थित एआईआईएमा राष्ट्रिय आयुष मिशन र राज्यहरूको क्षमता निर्माण विषयमाथि दुई दिवसीय विभागीय शिखर सम्मेलन आयोजना गर्यो, जसको अध्यक्षता आयुष मन्त्रालयका माननीय राज्य मन्त्री (स्वतन्त्र प्रभार) श्री प्रतापराव जाधवले गरे।

सिक्किमबाट आयुष विभागकी सचिव तथा प्रमुख निर्देशक तथा मिशन निर्देशक श्रीमती सुचित्रा रसाइली र राष्ट्रिय आयुष मिशनका अतिरिक्त निर्देशक तथा एसपीओ डा. कर्मा छादेन भोटियाले शिखर सम्मेलनमा भाग लिए। सिक्किम मानव संसाधन सुदृढीकरण तथा क्षमता निर्माणमा कार्य समूहको सह-नोडल राज्य पनि रहेको छ।

शिखर सम्मेलन राष्ट्रिय आयुष मिशन अन्तर्गत नीतिहरू तयार गर्न हेतु नीति आयोगलाई प्रस्तुत गर्नुपर्ने प्रमुख सिफारिश सहित समापन भयो।

*****


(रिलिज आईडी: 2164099) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English