सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय
सीआरसी सिक्किमको भारतीय साङ्केतिक भाषामाथि दुई दिवसीय कार्यशाला गान्तोकमा सम्पन्न
दुई दिवसीय कार्यक्रमले गान्तोकमा आईएसएलको बारेमा जागरूकता र बुझाइलाई बढावा दिन्छ
पोस्ट गरियो:
03 SEP 2025 5:50PM by PIB Gangtok
भारतीय साङ्केतिक भाषा (आईएसएल)-का आधारभूत कुराहरू सम्बन्धी दुई दिवसीय कार्यशाला आज सूचना भवन, सूचना तथा जनसम्पर्क विभाग, गान्तोकमा सम्पन्न भयो। यो कार्यशाला राष्ट्रिय लोकोमोटर दिव्याङ्गजन संस्थान (दिव्याङ्गजन), कोलकाता अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको कौशल विकास, पुनर्वास र सशक्तिकरणका लागि समग्र क्षेत्रीय केन्द्र (सीआरसी), सिक्किमद्वारा आयोजना गरिएको थियो।

यो कार्यशाला विशेष रूपमा केन्द्र र राज्य सरकारका कार्यालयका विशेष शिक्षक, अधिकारी र कर्मचारीहरूका लागि आयोजन गरिएको थियो। पहिलो दिन, सीआरसी सिक्किमकी निर्देशक श्रीमती पुष्पाञ्जली गुप्ताले स्वागत भाषण दिइन् अनि त्यसपछि दीप प्रज्ज्वलन गरियो। भारतीय साङ्केतिक भाषाका मास्टर ट्रेनर श्री अखिलेश चौहानद्वारा दुई व्यावहारिक प्राविधिक सत्र आयोजन गरिएको थियो, जसले सहभागीहरूलाई भारतीय साङ्केतिक भाषा र समावेशी सञ्चारलाई बढावा दिन यसको भूमिकाको बारेमा परिचय गराए।

दोस्रो सत्र श्री विशाल विश्वकर्माद्वारा सञ्चालन गरिएको थियो, जसले बधिर र श्रव्य श्रेणीका संस्कृति, सङ्केतरो निर्माण तरिका, सञ्चार प्रविधि र बधिर संस्कृति तथा इतिहासमाकोबारेमा विस्तारले बताए। सत्रहरूपछि एक गतिविधि र प्रश्नोत्तर सत्र भएको थियो, जहाँ सहभागीहरूले शङ्का स्पष्ट गर्न र अभ्यासको माध्यमद्वारा सिक्न प्रशिक्षकहरूसँग प्रत्यक्ष रूपमा संलग्न भए।
श्रीमती गुप्ताले भारतीय पुनर्वास परिषद् (आरसीआई) ऐन, 1992 का प्रावधानहरूमाथि पनि प्रकाश पारिन् र सहभागीहरूलाई निरामय स्वास्थ्य बीमा योजनाको बारेमा जानकारी गराइन्, जस अन्तर्गत सिक्किममा 80 भन्दा अधिक लाभार्थीहरू पञ्जीकृत छन्।

दोस्रो दिन, निर्देशक श्रीमती गुप्ताले कार्यक्रमको अनुमोदन र समर्थनको लागि एनआईएलडी, कोलकाताका निर्देशक डा. ललित नारायणलाई धन्यवाद दिइन्। उनले कार्यशालाको प्राथमिक उद्देश्य गैर-विकलाङ्ग आबादीमा भारतीय साङ्केतिक भाषाको बारेमा जागरूकता जगाउनु, समावेशीकरण र पहुँचको संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेकोमा जोड दिइन्।
महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका सहायक आयुक्त (निःशक्तजन) श्री प्रेम नारायण प्रधान र सिञ्चेको विशेष श्रवण बाधित विशेष विद्यालयकी प्रधानाध्यापक श्रीमती नोर्बु डोमा भोटियाले पहिलो दिनका गतिविधिहरूको सारांश प्रस्तुत गरिन् एवं उपस्थित मानिसहरूलाई फेरि एकपटक जागरूक गराइन्।

वरिष्ठ जिल्ला सूचना अधिकारी श्रीमती सरोजिनी सुब्बा र श्री प्रेम नारायण प्रधानले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे। यस अतिरिक्त, श्री अखिलेश चौहान र श्री विशाल विश्वकर्माले भारतीय साङ्केतिक भाषाले श्रवण बाधित व्यक्तिहरूका लागि सञ्चार र भिडियो तथा फिल्महरूलाई कसरी बुझ्न सहज बनाउँछ भन्ने बारेमा प्रदर्शन गरे।
श्रीमती गुप्ताले सिक्किम सरकारको महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागकी प्रधान निर्देशक तथा सचिव श्रीमती नर्मित लेप्चा, सिक्किम सरकारको शिक्षा विभागकी सचिव श्री टाशी छोपेल, सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव श्रीमती अन्नपूर्ण आले र पीआईबी गान्तोक, आकाशवाणी गान्तोक, स्पाइस बोर्ड, वाणिज्य तथा उद्योग मन्त्रालय, आयुष मन्त्रालय, डीएफओ गान्तोक, एमएसएमई मन्त्रालय र 19औँ पर्वतीय डिभिजनका जेनरल अफिसर कमान्डिङका प्रतिनिधिहरूलाई उनीहरूको सहयोगको लागि कृतज्ञता व्यक्त गरिन्।
कार्यशालाको समापन साङ्केतिक भाषामा राष्ट्रिय गीत गाएर भयो।

*****
एमपीएस/एमसी/एसके
(रिलिज आईडी: 2163451)
आगन्तुक काउन्टर : 30