सञ्चार मन्त्रालय
टीआरएआइद्वारा नाम्ची सरकारी महाविद्यालयमा उपभोक्ता सम्पर्क कार्यक्रम आयोजित
पोस्ट गरियो:
22 MAY 2025 3:12PM by PIB Gangtok
भारतीय दूरसञ्चार नियामक प्राधिकरण (टीआरएआइ), क्षेत्रीय कार्यालय, कोलकाताद्वारा आज उपभोक्ताहरूको हितरक्षा गर्न टीआरएआइद्वारा चालिएका विभिन्न कदमबारे जनतालाई शिक्षित बनाउन नाम्ची सरकारी महाविद्यालयमा सफलतापूर्वक उपभोक्ता सम्पर्क कार्यक्रम आयोजित गरियो।
टीआरएआइको महत्त्वपूर्ण उद्देश्यमध्ये एक उपभोक्ताहरूको हितरक्षा गर्दै उनीहरूमा जागरूकता फैलाउनु रहेको छ। यस उद्देश्यका साथ टीआरएआइद्वारा उपभोक्ता सम्पर्क कार्यक्रम (सीओपी), उपभोक्ता सङ्गठनहरूको क्षमता निर्माणमाथि कार्यगोष्ठी तथा उपभोक्ताको हित अनि सुरक्षाका विषयहरूमाथि सङ्गोष्ठीहरू आयोजित गरिन्छ। +

कार्यक्रममा दूरसञ्चार सेवा प्रदाता, जनता अनि उपभोक्ता सङ्गठनहरूको उपस्थिति रहेको थियो। दूरसञ्चार विभागको पश्चिम बङ्गाल एलएसएका विशेष महानिर्देशक दीपक मुखर्जी यस अवसरमा मुख्य अतिथि थिए। अन्य विशेष अतिथिमा नाम्ची सरकारी महाविद्यालयका उप-प्राचार्य दीवान राई अनि सिक्किम पुलिसकी साइबर फोरेन्सिक साइन्टिस्ट सुश्री जार्मित लेप्चा रहेका थिए।
टीआरएआइको क्षेत्रीय कार्यालय कोलकाताका संयुक्त सल्लाहकार असीम दत्तले स्वागत सम्बोधन प्रस्तुत गर्दै उपस्थित सबैलाई भारतमा दूरसञ्चार एवं प्रसारण सेवाको वैधानिक एवं नियामक संरचना, तथा उपभोक्ता सम्पर्क कार्यक्रमको उद्देश्य र प्रयोजनबारे जानकारी दिए।

विशेष महानिर्देशक दीपक मुखर्जीले देशको प्रत्येक कुनासम्म उत्तम ब्रडब्याण्ड कनेक्टिभिटीको महत्त्वबारे आलोकित गर्दै सिक्किममा कनेक्टिभिटीको स्थिति अनि 4-जी परिपूर्णता परियोजना, सञ्चार साथी अनि सञ्चार मित्र जस्ता दूरसञ्चार विभागको विभिन्न पहलबारे पनि चर्चा गरे।
नाम्ची सरकारी महाविद्यालयका उप-प्राचार्य दीवान राईले टीआरएआइको पहलको सराहना गर्दै सिक्किम सरकारी महाविद्यालय जस्ता शैक्षिक संस्थानमा उत्तम कनेक्टिभिटीको आवश्यकताबारे अवगत गराए। महाविद्यालय परिसरमा उत्तम कनेक्टिभिटी सुनिश्चित गर्न उनले टीआरएआइलाई अनुरोध गरे।
कार्यक्रममा टीआरएआइ, क्षेत्रीय कार्यालय, कोलकाताका वरिष्ध शोध अधिकारी निलय दत्तले प्रतिभागीहरूलाई उपभोक्तामुखी नियम, निर्देशन तथा मूल्य अभिवृद्धि गरिएका सेवासित सम्बन्धित निर्देश, अनापेक्षित वाणिज्यिक सञ्चार, मोबाइल नम्बर पोर्टेबिलिटी, उजुरीको सुनुवाई तन्त्र, डाटा सेवा, प्रसारण नियम अनि शुल्कहरूबारे जानकारी दिए।
प्रतिभागीहरूलाई टीआरएआइद्वारा विकसित ट्राई माइस्पीड, ट्राई डीएनडी 3.0, च्यानल सेलेक्टर तथा ट्राई माइकल जस्ता विभिन्न मोबाइल एप्सको फाइदाका साथै शुल्क पोर्टल अनि नेटवर्क कभरेज मानचित्रबारे पनि जानकारी दिए। यसका साथै दूरसञ्चारको विकासलाई सुगम बनाउन टीआरएआइद्वारा गरिएको विभिन्न सिफारिशबारे पनि जानकारी दिए।

यसबाहेक, अनापेक्षित वाणिज्यिक सञ्चार (युसीसी) माथि टीआरएआइको नयाँ अधिनियम/ निर्देशनका साथमा विभिन्न प्रकारका दूरसञ्चार सम्बन्धी धोकाधडी जस्तै टावर लगाउने, कपटपूर्ण सन्देश/ कल आदि जस्ता विषयमा कसरी थप सचेत रहनसकिन्छ भन्नेबारे पनि जानकारी दिए।
यसै क्रममा दूरसञ्चार विभागद्वारा विकसित सीईआइआर, टीएएफसीओपीएस आदि जस्ता नागरिकमुखी डिजिटल एप्लिकेशनबारे पनि प्रस्तुति दिइयो, जुन सञ्चार साथी पहलको अंश हो (https://sancharsaathi.gov.in/)।
सुश्री जार्मित लेप्चाले साइबर फ्रड अनि रोकथाम अनि सुधारका उपायहरूबारे प्रस्तुति दिइन्। कार्यक्रमको अन्त्यमा अन्तरक्रियात्मक सत्र राखिएको थियो, जहाँ प्रतिभागीहरूको दूरसञ्चार सेवासित सम्बन्धित विभिन्न प्रश्नको उत्तर टीआरएआइका टोलीका साथै सेवा प्रदाताहरूले दिए।
धन्यवाद ज्ञापन टीआरएआइका वरिष्ठ शोध अधिकारी निलय दत्तले पेश गरे।

********
(रिलिज आईडी: 2130488)
आगन्तुक काउन्टर : 4