WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स शिखर सम्मेलन 2025 को फाइनलिस्टमध्ये आसमका प्रतिभा पनि जसले पूर्वोत्तर भारतमा एनिमेशनको बढ्दो सम्भावना रेखाङ्कित गर्दछ


 Posted On: 29 APR 2025 1:07PM |   Location: PIB Gangtok

 गुवाहाटी, 29 अप्रेल 2025

विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 ले क्रिएट इन इण्डिया च्यालेञ्ज सिजन -1” को अंश रहेको बहुप्रतीक्षित फिल्ममेकर्स कम्पिटिशनको (एएफसी) आधिकारिक रूपमा 42 जना फाइनलिस्ट घोषणा गरेको छ। ती प्रतिष्ठित प्रतिभाहरूमा आसमका दृश्य कथावाचक रहेका हीरकज्योति नाथ पनि सामेल छन्, जसको लघु वृत्तचित्र टेल्स फ्रम दी टी हाउसलाई शीर्ष 18 लघु फिल्ममा चयनित गरिएको छ।

सूचना एवं प्रसारण मन्त्रालयको सहयोगमा डान्सिङ एटम्स स्टुडियोद्वारा प्रस्तुत, एएफसीले विविध पारम्परिक एनिमेशन, भीएफएक्स, एआर/ भीआर र परोक्ष निर्माणमा असङ्ख्य प्रविष्टि प्राप्त गरेको थियो। नौ महिनाको गहन चयन प्रक्रियापछि, 12 वटा फिचर फिल्म, 18 लघु फिल्म, 9 टीभी/ सीमित शृङ्खला तथा 3 एआर/भीआर अनुभव लगायतका श्रेष्ठ 42 वटा परियोजनालाई मुम्बईमा 1 देखि 4 मईसम्म आयोजित हुने वेभ्स शिखर सम्मेलनमा प्रदर्शित गरिनेछ।

आफ्नो फिल्मबारे बोल्दै हीरक भन्छन्, “टेल्स फ्रम दी टी हाउसआसमको धेरै पुराना चिया बगानको हृदयबाट निक्लिएको कथा हो। यो चिया बाँड्ने र त्यसका वरिपरी हुने कुराकानीबारे सरल कथा हो। चियाको कप अनि परिचित ठाउँको माध्यमद्वारा मैले सानो, शान्त क्षणको मानिसहरूको जीवनमा ठूलो प्रभाव पर्ने गर्दछ भन्ने देखाउन खोजेको छु।पानी रङद्वारा प्रेरित दृश्यका साथमा भावनात्मक रूपमा समृद्ध कथावाचनको माध्यमद्वारा, हीरकको कामले भारतीय संस्कृतिमा बसेको सरल, हार्दिक विमर्शप्रतिको गहिरो प्रेमलाई प्रतिबिम्बित गर्दछ।

आसमका हीरकज्योति नाथ र मेघालयका खाम्बोर बाटेइ खर्जनाको चयनले पूर्वोत्तर भारतमा एनिमेशन क्षेत्रको निम्ति महत्त्वपूर्ण क्षण हो। बढ्दो अवसरहरूबारे बोल्दै, डा. भूपेन हजारिका क्षेत्रीय सरकारी फिल्म एवं टेलिभिजन संस्थान, आसमका सिनेमाटोग्राफीका व्याख्याता सञ्जीव परासरले भने, “यो मान्यता कलाकारहरूका लागि मात्र महत्त्वपूर्ण क्षण नभएर पूर्वोत्तरको सम्पूर्ण एनिमेशन उद्योगको निम्ति पनि हो। हामीसँग दोहन गर्न बाँकी प्रतिभाका अथाह भण्डार थियो, जसको विमर्शमा दुवै स्थानीय आकर्षण अनि सर्वव्यापी अपील छ। पूर्वोत्तर हाल रचनात्मक क्रान्तिको सँघारमा छ।”

वैश्विक एनिमेशन बजार बढिरहेको छ र जहाँ लघु फिल्महरूले मात्र राजस्वमा $20 बिलियन अमेरिकी डलरको योगदान दिनका साथै शैक्षिक एनिमेशनले 2032 सम्म $70 बिलियन अमेरिकी डलर पार गर्ने आशा गरिएको हुँदा, वेभ्स 2025 जस्तो पहल भारतको उदीयमान क्षेत्रीय प्रतिभाहरूलाई प्रकाशमा ल्याउन महत्त्वपूर्ण साबित हुनेछ।

हाल हीरकले “टेल्स फ्रम दी टी हाउसलाई पूर्णरूपले साकार बनाउन खरिददार, वितरक अनि कलाकारहरूबाट निर्माण, संरक्षण र सहकार्य खोजिरहेका छन्। वेभ्स शिखर सम्मेलनमा उनको सहभागिताले मन मिल्ने रचनाकारहरूका साथै उद्योगका दिग्गजहरूसँग जोडिने मञ्च प्रदान गर्दै वैश्विक एनिमेशन कथा वाचनमा भारतको बढ्दो प्रभावलाई बल प्रदान गर्दछ।

वेभ्स 2025 एनिमेशन फिल्ममेकर्स च्यालेञ्जबारे विस्तृत जानकारीका लागि, यो लिङ्क हेर्नुहोस्

एनिमेशन फिल्ममेकर्स च्यालेञ्जका 42 फाइनलिस्टको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

वेभ्सको बारे

मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।

टाहे तपाईर्ँं उद्योगका पेशेवर हुनुहोस्, निवेशक हुनुहोस्, निर्माता हुनुहोस् वा नवोन्मेषक हुनुहुोस्, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िन, सहयोग गर्ने, नवोन्मेष गर्ने र योगदान गर्नका लागि परम वैश्विक मञ्च प्रदान गर्दछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिन तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभारी वास्तविकता (भीआर), र विस्तारित वास्तविकता (एक्स)।

के प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस

पीआईबी टोली वेभ्सबा नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्

****** 


Release ID: (Release ID: 2125135)   |   Visitor Counter: 8

Read this release in: English , Assamese