पोस्ट गरियो:
10 JAN 2025 2:54PM by PIB Gangtok
वायु सेना स्टेशन बागडोगराद्वारा पूर्वी वायु कमाण्डको वायु सेना परिवार कल्याण सङ्घ (क्षेत्रीय) को तत्त्वावधानमा एक रोमाञ्चक शीतकालीन साहसिक शिविर आयोजना गरिएको थियो। शिविर 5 जनवरी, 2025 मा एक रङ्गारङ्ग उद्घाटन समारोहको साथ शुरु भयो। पूर्वी वायु कमाण्डका विभिन्न विद्यालयका 60 उत्साही बालक-बालिका शिविरमा सहभागी भए।

वायुसेना स्टेशन बागडोगराका एयर अफिसर कमाण्डिङ तथा एएफएफडब्ल्यूए (स्थानीय) का अध्यक्ष एयर कमोडोर मनीष शर्माले उद्घाटन समारोहको अवसरमा आकाश, सतलुज, चिता र तेजस नामक चार टोलीहरू बीचको टग अफ् वार खेललाई झण्डा देखाए। बालक-बालिकाहरूले व्यावसायिक प्रशिक्षकहरूको मार्गदर्शनमा गरिएका सबै साहसिक गतिविधिमा ठूलो उत्साहका साथ भाग लिए।

शिविरको उद्देश्य साहसिक भावनालाई प्रवर्द्धन गर्नु, टोली निर्माणलाई बढ़ावा दिनु र युवाहरूलाई सशस्त्र सेनामा सामेल हुन प्रेरित गर्नु रहेको थियो। बालक-बालिकाहरूले प्यारासेलिङ, प्यारा ह्याङ ग्लाइडिङ, ऱ्यापेलिङ, जोर्बिङ, आर्चेरी, जिप लाइनिङ, रोप साइक्लिङ, नाइट रुट मार्च आदि जस्ता विभिन्न साहसिक गतिविधिहरूमा भाग लिए।

कार्यक्रमको समापन 09 जनवरी, 2025 मा क्याम्प फायर तथा सांस्कृतिक साँझको साथ भयो। एयर अफिसर कमाण्डिङ-इन-चीफ, पूर्वी वायु कमाण्डका एयर मार्शल सुरत सिंह मुख्य अतिथि रहेको कार्यक्रममा एएफएफडब्ल्यूए (क्षेत्रीय) की अध्यक्ष श्रीमती निशा सिंह उपस्थित भएर कार्यक्रममा सहभागिता जनाउने बालक-बालिकाहरूलाई स्मृतिचिन्ह र प्रमाण पत्र प्रदान गरियो।

******