गृह मामिला मन्त्रालय
भारतका राष्ट्रपतिद्वारा नागरिक अधिष्ठापन समारोहबीच सिक्किमका जोर्डन लेप्चालाई कला क्षेत्रमा पद्मश्री प्रदान
Posted On:
09 MAY 2024 8:00PM by PIB Gangtok
भारतका राष्ट्रपतिद्वारा नागरिक अधिष्ठापन समारोहबीच नयाँ दिल्लीमा आज सिक्किमका जोर्डन लेप्चालाई कला क्षेत्रमा पद्मश्री प्रदान गरियो।
जोर्डन लेप्चाको जीवन अनि कार्यबारे संक्षिप्त विवरण यस प्रकार छ :
श्री जोर्डन लेप्चा (पद्मश्री)
श्री जोर्डन लेप्चा सिक्किमवासी एक प्रतिष्ठित बाँसशिल्पी हुन्।

2. सिक्किमको मगन जिल्ला अन्तर्गत सुन्दर जङ्गुको रूबेयाम राम गाउँमा 28 जुलाई, 1971 मा जन्मेका लेप्चाको बाल्यकालदेखि नै उनका माता-पिताले बाँसको शिल्पकलातर्फ आकर्षित गराएका थिए।
3. प्राचीन परम्परा पुनरूद्धार गर्ने अभिलाषाका साथ लेप्चाले मिहिन शिल्पका साथ तयार पारिने लेप्चा टोपी थ्याकटुकमा पारङ्गत हासिल गर्न आफूलाई समर्पित गरे। निर्णायक क्षण त्यसबेला आयो,, जब सिक्किम सरकारको उद्योग विभागद्वारा आयोजित 6 महिनाव्यापी पारम्परिक टोपी बुन्ने तालिम कार्यक्रममा उनी सहभागी बने। शुरुमा आफ्नो शिल्प बेच-बिखन गर्न उनले धेरै चुनौतीको सामना गरे तापनि आफ्नो शिल्पलाई निखार्दै परिवारलाई सहयोग गर्न अरू पेशामा लागे।

4. वर्ष 2005 मा लेप्चाले सिक्किम सरकारको हस्तशिल्प एवं हतकर्घा निर्देशालयको तत्वावधानमा प्रशिक्षण कार्यक्रम आयोजन गर्दै उनले आफ्नो ज्ञान अनि सीप आकाङ्क्षी शिल्पीहरूबीच साझा गर्न थाले। उनले आफ्नो निवास स्थानमा निःशुल्क प्रशिक्षण कार्यक्रम चलाउँदै आकाङ्क्षी शिल्पीहरूलाई लेप्चा टोपी बुन्ने कला अँगाल्न र आत्मसात गर्न समर्थ बनाउँदै आएका छन्।
5. लेप्चाको विरासत व्यक्तिगत उपलब्धिभन्दा इतर छ। यो अविरल-अविकल सांस्कृतिक परम्पराको संरक्षणमा एकजनाले छोड्नसक्ने छापको पनि कथा हो। आफ्नो प्रयासमा उनले अभिलाषित सांस्कृतिक धरोहरको संरक्षण मात्र नगरेर धरोहर आत्मसात गरी शिल्पकलाको माध्यमद्वारा जीवन धान्न पनि धेरैलाई समर्थ अनि सशक्त बनाएका छन्।

6. समर्पण अनि परिश्रमको परिणामस्वरूप लेप्चाको विशेषज्ञताले मान्यता मात्र नपाएर यश पनि कमाउन सघाएको छ, जस्तै भारत सरकारको वस्त्र मन्त्रालयबाट “सर्टिफिकेट अव् मेरिट” तथा सिक्किम राज्यबाट प्रतिष्ठित गुरुशिल्पीको पदवी। उनको व्यक्तिगत उपलब्धिभन्दा पर, उनको हालसम्मको यात्रा समुदायको निम्ति केही गर्ने र सांस्कृतिक धरोहरको संरक्षण गर्नुरहेको छ।
*********
(Release ID: 2020128)