वित्त मन्त्रालय
azadi ka amrit mahotsav

आरबीआई गान्तोकले वित्तीय साक्षरता केन्द्र (सीएफएल) हितधारकहरूसँग ‘फेस-टु-फेस अन्तरक्रिया’ आयोजना गर्योा


Posted On: 25 APR 2024 4:04PM by PIB Gangtok

भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) गान्तोकले विभिन्न हितधारकहरूसँगको सहकार्यमा सिक्किममा वित्तीय साक्षरता केन्द्र (सीएफएल) परियोजनाको प्रगति र प्रभावकारिताको मूल्याङ्कन गर्ने उद्देश्य लिएर ‘फेस-टु-फेस अन्तरक्रिया’ आयोजना गरेको छ। 24 अप्रेल, 2024 मा आरबीआई गान्तोक परिसरमा आयोजित बैठकमा नाबार्ड, एसएलबीसी, एसबीआई र सीएफएल अधिकारीहरूका प्रतिनिधि सहित प्रमुख सहभागीहरूलाई एकसाथ ल्याएको छ।

आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक श्री किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले नोभेम्बर 2021 मा स्थापना भएदेखि नै सीएफएल परियोजनाका उपलब्धिहरूको समीक्षा गर्ने मञ्चको रूपमा काम गर्‍यो। क्रिसिल फाउण्डेशनसँगको सहकार्यमा गरिएको पहलले राज्यका सबै 33 वटा ब्लकमा दुई चरणमा 11 केन्द्रमा सफलतापूर्वक सीएलएफ स्थापना गरेको छ।

अन्तरक्रियाको क्रममा आरबीआई गान्तोकका महाप्रबन्धक श्री गोदा रविशङ्करले सबै हितधारकहरूको प्रयासको प्रशंसा गरे तथा वित्तीय समावेशीकरण र सामाजिक कल्याणलाई बढावा दिन वित्तीय साक्षरताको महत्त्वपूर्ण भूमिकामाथि जोड दिए। क्रिसिल फाउण्डेशनकी प्रमुख अपरेटिङ अफिसर सुश्री माया वेन्गुर्लेकरले परियोजनाको कार्यान्वयनमा आरबीआई गान्तोकले दिएको सहयोग र मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गरिन्।

सिक्किमका 566 गाउँ र 33 ब्लकमा 43,745 व्यक्तिसम्म पुग्न कुल 3537 वित्तीय साक्षरता शिविर आयोजना गर्न सीएलएफले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले तल्लो तहमा वित्तीय चेतना र शिक्षालाई बढावा दिन सहयोगी प्रयासहरूको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पार्दछ।

आफ्नो समापन टिप्पणीमा श्री किशोर परियारले सीएफएल परियोजनाको माध्यमद्वारा सिक्किममा वित्तीय साक्षरतालाई अगाडि बढाउनमा योगदान पुर्‍याएकोमा सबै हितधारकहरूलाई बधाई दिए। उनले वित्तीय साक्षरता शिविरको माध्यमद्वारा निरन्तर संलग्नता र शिक्षाको महत्त्वलाई जोड दिँदै डिजिटल वित्तीय सेवाको पहुँच र गहिराइमा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए।

‘फेस-टु-फेस अन्तरक्रिया’ ले सिक्किममा वित्तीय साक्षरता पहलहरूलाई अझ बलियो बनाउन र आर्थिक रूपमा समावेशी समाजलाई बढावा दिन हितधारकहरूको सामूहिक प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ।

********



(Release ID: 2018857) Visitor Counter : 28


Read this release in: English