सहकारिता मन्त्रालय

एनसीडीसीद्वारा प्रायोजित योजनाहरू


Posted On: 06 DEC 2023 4:19PM by PIB Gangtok

एनसीडीसीद्वारा प्रायोजित योजनाहरू

 

राष्ट्रिय सहकारिता विकास निगमको (एनसीडीसी) उद्देश्य उत्पादनका साथै उत्पादनशीलता बढाउँदै फसल कटाईपछिका सुविधाहरू बढाउनका लागि कृषि सहकारीहरूलाई प्रोत्साहन सुदृढिकरण र विकास गर्नुरहेको छ। निगमले कृषि विपणन तथा निविष्टिहरू, परिशोधन, भण्डारण, शीत शृङ्खला तथा कृषि उत्पादहरूको विपणनका साथै बिउ-बिजन, मल तथा अन्य कृषि उपकरण आदिको आपूर्तिमाथि ध्यान केन्द्रित गर्दछ। गैर कृषि क्षेत्रमा, निगमले विशेष रूपमा कमजोर वर्गका लागि डेयरी, पशुधन, हतकर्घा, रेशम खेती, कुखुरा पालन, अनुसूचित जाति एवं अनुसूचित जनजाति, महिला सहकारीहरूमाथि विशेष ध्यान दिँदै सहकारीहरूलाई आमदानी सिर्जना गर्ने गतिविधिका लागि सुविधाले युक्त बनाउने कोशिश गर्दछ।

एनसीडीसीद्वारा कार्यान्वित वा सहायता प्रदान गरिने विभिन्न योजनाको विवरण निम्न प्रकार छन् :

  1. कार्यान्वित योजनाहरू
  1. एनसीडीसी प्रायोजित योजनाहरू :
  1. युवा सहकार : सहकारिता उद्यम सहयोग एवं नवप्रवर्तन योजना : यो योजना अभिनव वा नयाँ विचारका साथ शुरु गरिएका वा नवगठित सहकारीहरूलाई प्रोत्साहित गर्न लक्षित छ। यो एनसीडीसीद्वारा रचना गरिएको सहकारी स्टार्टअप तथा नवाचार निधिसँग जोडिएको छ।
  2. आयुष्मान सहकार : यस योजनाले अस्पताल, स्वास्थ्य स्याहार, आयुर्विज्ञान शिक्षा, परिचारिका शिक्षा, परिचिकित्सा शिक्षा, स्वास्थ्य बीमा तथा आयुष जस्ता सर्वव्यापी स्वास्थ्य प्रणालीलाई समेट्ने विस्तृत दृष्टिकोण राख्दछ।
  3. नन्दिनी सहकार : यो योजना महिला सहकारीको माध्यमद्वारा महिलाहरूको आर्थिक-सामाजिक स्थितिमा सुधार ल्याउनका साथै महिलाहरूको उद्यमिता गतिलाई सहयोग गर्न लक्षित छ। यसले महिला उद्यम, कारोबारी योजना, क्षमता विकास, ऋण एवं सहायता वा अन्य योजनाको ब्याज छूट जस्ता महत्त्वपूर्ण घटकलाई सम्मिलित गर्दछ।
  4. डेयरी सहकार :  यो ईएसजी (पर्यावरण, सामाजिक, शासन) सम्बन्धित गतिविधिको उच्च परिणाम हासिल गर्न सहकारीहरूलाई प्रोत्साहित गर्नका लागि वित्तीय सहायता प्रदान गर्ने सहकारी दूध उत्पादन कारोबारमाथि केन्द्रित छ। यसमा नयाँ परियोजनाहरूका लागि सहकारीद्वारा पूर्वाधारको रचनाका साथै विद्यमान परियोजनाको आधुनिकीकरण वा विस्तार सामेल छ।
  5. डिजिटल सहकार : डिजिटल भारतको सिद्धान्त अनुरूप, एनसीडीसीद्वारा हातेमालो तथा ऋण सुविधा लगायत भारत सरकार, राज्य, केन्द्र शासित प्रदेश, अभिकरणबाट डिजिटल भारतमा सहकारीले सक्रियमा भाग लिने उद्देश्यका साथ डिजिटल रूपमा सशक्त सहकारीका लागि केन्द्रित वित्तीय सहायता संरचनाको परिकल्पना एनसीडीसीले गरेको छ।
  6. स्वयं शक्ति सहकार योजना : महिला स्वयंसहायता समूह (एसएचजी)-हरूलाई ऋण/ पेशगी प्रदान गर्नका लागि कृषि ऋण सहकारीलाई एनसीडीसीको वित्तीय सहायता प्रदान गर्ने यो नयाँ योजना हो।
  7. दीर्घावधि कृषक पूँजी सहकार योजना : यो एनसीडीसीको परिधइभित्रका गतिविधि/ वस्तु/ सेवाको निम्ति दीर्घकालीन ऋण/पेशगी प्रदान गर्नका लागि कृषि ऋण सहकारीहरूलाई दीर्घकालीन वित्तीय सहायता प्रदान गर्ने एनसीडीसीको नयाँ योजना हो।

       II. एनसीडीसीद्वारा कार्यान्वित अन्य केन्द्रिय योजनाहरू :

  1. कृषि पूर्वाधार निधि योजना – डीए एवं एफडब्लु, कृषि तथा कृषक कल्याण मन्त्रालय
  2. भण्डारण पूर्वाधारबाहेक भण्डारणका लागि केन्द्रिय क्षेत्र एकिकृत कृषि विपणन योजना (सीएसआइएसएएम) को उपयोजना कृषि विपणन पूर्वाधार (एएमआइ)
  3. एकिकृत बागवानी विकास मिशन (एमआइडीएच), डीए एवं एफडब्लु, कृषि तथा कृषक कल्याण मन्त्रालय
  4. पीएम मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) – मत्स्य पालन विभाग, मत्स्य पालन मन्त्रालय, पशु पालन तथा दूध उत्पादन।
  5. पीएम सूक्ष्म खाद्य परिशोधन उद्यम औपचारिकिकरण (पीएमएफएमई) – खाद्य परिशोधन उद्योग मन्त्रालय
  6. पीएम 10,000 एफपीओको गठन एवं प्रोत्साहन योजना – डीए एवं एफडब्लु, कृषि तथा कृषक कल्याण मन्त्रालय
  7. मत्स्यपालन पूर्वाधार विकास निधि (एफआइडीएफ) योजना – मत्स्य पालन विभाग, मत्स्य पालन मन्त्रालय, पशुपालन एवं दूध उत्पादन

B. एनसीडीसीद्वारा सहायता प्रदान गरिने अन्य गतिविधि :

क)        विपणन:

  • मार्जिन राशि/ कार्यकारी पूँजी सहायता
  • प्राथमिक/ जिल्ला सहकारी विपणन समितिहरूको शेयर पूँजीगत आधारको सुदृढिकरण
  • वातानुकूलित वाहनसहित ढुवानी वाहन, फर्निचर एवं फिक्चरको खरिद।
  • कृषि पूरमवाधारको विकास/ सुदृढिकरण, श्रेणीकरण तथा मानकीकरण

ख)       परिशोधन

  • नयाँ चिनी कारखानाहरूको स्थापना (निवेश ऋण)
  • विद्यमान चिनी कारखानाहरूको आधुनिकीकरण तथा विस्तार/ विविधिकरण (निवेश ऋण तथा मियादी ऋण
  • नयाँ सूत कात्ने मिलहरूको स्थापना, पुरानाहरूको आधुनिकीकरण/ विस्तार/ पुनर्वास
  • विद्यमानहरूको आधुनिकीकरण/ विस्तार तथा आधुनिक कटन जिनिङ तथा प्रेसिङ युनिटको स्थापना
  • लघु/ मध्यम कृषि तथा सम्बन्धित क्षेत्रको परिशोधण एकाइ, तान लगाउनअघि /पछिको परिशोधन, वस्त्र तथा सिलाई एकाइ
  • खाद्यान्न, तेलदाना, बगाने फसल, फल तथा तरकारी-सब्जी, मकैको माड, पार्टिकल बोर्ड आदि जस्ता अन्य परिशोधन एकाइको स्थापना
  • मार्जिन राशि/ कार्यकारी पूँजीगत सहायता
  • नयाँ मिलमा राज्य सरकारको सहभागितामा शेयर पूँजी।

ग)         भण्डारण

  • गोदामको निर्माण तथा विद्यमान गोदामको मरम्मति/ पुनरूद्धार
  • मार्जिन राशि/ कार्यकारी पूँजीगत सहायता

घ)        शीत शृङ्खला

  • शीत भण्डारको निर्माण/ विस्तार/ आधुनिकीकरण
  • शीत शृङ्खला घटकको स्थापना जसमा (1) एकिकृत प्याक हाउस, (2) रीफर ढुवानी, (3) शीत भण्डार (थोक, खेत नजिक) (4) शीत भण्डार (केन्द्र, बजार छेउ), (5) पकाउने एकाइ आदि।
  • मार्जिन राशि/ कार्यकारी पूँजीगत सहायता

ङ)        सहकारीको माध्यमद्वारा आवश्यक उपभोक्ता वस्तुको वितरण

  • खरिद बिक्री केन्द्र, डिजल, मट्टीतेल भण्डार/ गोदाम, थोक उपभोक्ता सहकारी भण्डारको स्थापना, विस्तार र आधुनिकीकरण, विभागीय उपभोक्ता सहकारी भण्डार, सहकारी परिसङ्घ जस्ता पूर्वाधारको स्थापना
  • उपभोक्ता वस्तुहरूको वितरणका लागि रेफरिजरेटेड वाहन लगायत फर्निचर एवं फिक्चर, ढुवानी वाहनको खरिद
  • मार्जिन राशि/ कार्यकारी पूँजीगत सहायता

च)        औद्योगिक

  • सबै प्रकारका औद्योगिक सहकारी, कुटीर तथा ग्रामोद्योग, हस्तशिल्प, ग्रामीण शिल्प आदि

छ)        ऋण तथा सेवा सहकारी / अधिसूचित सेवाहरू

  • कृषि ऋण/ कृषि बीमा
  • जल संरक्षण कार्य/ सेवा
  • सिञ्चाई, ग्रामीण इलाकामा सूक्ष्म सिञ्चाई
  • पशु स्याहार/ स्वास्थ्य/ रोगको रोकथाम
  • सहकारीको माध्यमद्वारा ग्रामीण स्वच्छता, नाला तथा ढल प्रणाली
  • पर्यटन, आतिथ्य, परिवहन
  • नयाँ, गैर पारम्परिक तथा नविकरणीय ऊर्जा स्रोतबाट विद्युतको उत्पादन एवं वितरण
  • ग्रामीण आवास
  • अस्पताल/ स्वास्थ्य स्याहार एवं शिक्षा
  • ऋण सहकारीका लागि पूर्वाधारको रचना

ज)        सहकारी ब्याङ्किङ एकाइ

  • आधुनिक ब्याङ्किङ एकाइसित सम्बन्धित पूर्वाधार सिर्जनाका लागि पीएसीलाई सहायता

झ)        कृषि सेवा

  • सहकारी कृषि सेवा केन्द्र
  • कस्टम हायरिङका लागि कृषि सेवा केन्द्र
  • कृषि सामग्री विनिर्माण तथा सम्बन्धित एखाइको स्थापना
  • सिञ्चाई तथा जल सञ्चय कार्यक्रम

ञ)        जिल्ला योजना कार्यक्रम :

  • चुनिएका जिल्लाहरूमा एकिकृत सहकारी विकास परियोजना

ट)         कमजोर वर्गका लागि सहकारी

  • मत्स्य पालन, डेयरी तथा पशुधन, कुखुरा पालन, अनुसूचित जाति, आदिवासी सहकारी, हतकर्घा, नरियल जटा, सूनपाट, रेशम खेती, महिला, पाहाडी इलाका, तमाखु एवं श्रमिक

ठ)         सहकारीहरूको कम्प्युटरिकरणका लागि सहायता

  • कम्प्युटरको खरिद/ जडान, हार्डवेयर प्रणाली तथा अनुप्रयोग सफ्टवेयर, नेटवर्किङ, अनुरक्षण लागत, प्राविधिक मानवबल तथा क्षमता विकास एवं प्रशिक्षणका लागि सहायता प्रदान गरिन्छ।

ड)         प्रवर्तक एवं विकास कार्यक्रम

  • अध्ययन/ परियोजना प्रतिवेदन, प्रबन्धन अध्ययनका लागि परामर्श
  • बजार सर्वेक्षण तथा कार्यक्रमहरूको मूल्याङअकन आदि।

कूल मिलाएर एनसीडीसीले गठन भएदेखि 20.11.2023 सम्म ₹2,87,712.45 वितरण गरिसकेको छ। एनसीडीसीको वितरण 2014-15 को ₹5,736 करोडबाट बढेर 2022-23 मा ₹41,031 पुगेको छ। यसका साथै एनसीडीसीले वर्ष 2014-15 उपरान्त वित्तीय सहायता वितरमा 28% को औसत वार्षिक वृद्धि दर हासिल गरेको छ। वित्तीय वर्ष 2023-24 मा अपेक्षित वितरण ₹50,000 रहेको छ।

यो जानकारी केन्द्रिय सहकारी मन्त्री अमित शाहले राज्य सभामा प्रश्नको लिखित उत्तरमा दिएका हुन्।

*****



(Release ID: 1983302) Visitor Counter : 45


Read this release in: English