शिक्षा मन्त्रालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा विश्वकर्मा जयन्तीको अवसरमा पारम्परिक कारीगर एवं शिल्पीहरूका लागि पीएम विश्वकर्मा योजनाको शुभारम्भ


गान्तोकमा दूरदर्शी योजना शुभारम्भको अवसरमा केन्द्रिय राज्यमन्त्री डा. सुभाष सरकार उपस्थित

ब्रह्माण्डका प्रमुख वास्तुकारका रूपमा परिचित दिव्य वास्तुकार विश्वकर्माको पदछाप पैलाउँदै हाम्रा प्रधानमन्त्रीले पनि सामाजिक सम्मुन्नति, नवाचार, कौशल विकास तथा शिल्पीहरूका कलाकारिताको गहिरो सराहनाको प्रतिबद्धता साझा गर्दै नयाँ भारत निर्माण गरिरहेका छन् : डा. सुभाष सरकार

पीएम विश्वकर्मा योजना मुख्यतः सिद्धहस्त शिल्पीहरूप्रति हाम्रो प्रतिबद्धताको करार हो : डा. सुभाष सरकार

पीएम विश्वकर्मा योजनाको शुभारम्भसँगै हामीले हाम्रा शिल्पीहरूलाई मुखर मात्र नभएर साँचो अर्थमा वैश्विक बनाउने दिशामा ठूलो फड्को मारिरहेका छौं : डा. सुभाष सरकार

पोस्ट गरियो: 17 SEP 2023 4:00PM by PIB Gangtok

विश्वकर्मा जयन्तीको अवसरमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले पारम्परिक शिल्पीहरूको हितका लागि नयाँ दिल्लीको द्वारकामा “पीएम-विश्वकर्मा” योजनाको शुभारम्भ गरे। केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकारले गान्तोकको चिन्तन भवनमा भिडियो कन्फरेन्सिङको माध्यमद्वारा आयोजित कार्यक्रममार्फत् यस दूरदर्शी योजनाको शुभारम्भमा भाग लिए।

आफ्नो सम्बोधनमा डा. सरकारले ब्रह्माण्डका प्रमुख वास्तुकारका रूपमा परिचित दिव्य वास्तुकार विश्वकर्माको पदछाप पैलाउँदै हाम्रा प्रधानमन्त्रीले पनि सामाजिक सम्मुन्नति, नवाचार, कौशल विकास तथा शिल्पीहरूका कलाकारिताको गहिरो सराहनाको प्रतिबद्धता साझा गर्दै नयाँ भारत निर्माण गरिरहेको बताए।

पीएम विश्वकर्मा योजना मुख्यतः सिद्धहस्त शिल्पीहरूप्रति हाम्रो प्रतिबद्धताको करार हो। यो दूरदर्शी पहल हाम्रा पारम्परिक शिल्पीहरूका कौशलको समृद्ध धरोहर संरक्षण गर्नु मात्र नभएर हाम्रा शिल्पी अनि कारीगरहरूलाई विश्वपटलमा अघि ल्याउनु पनि हो, डा. सरकारले बताए।

पीएम विश्वकर्मा योजनाको शुभारम्भसँगै हामीले हाम्रा शिल्पीहरूलाई मुखर मात्र नभएर साँचो अर्थमा वैश्विक बनाउने दिशामा ठूलो फड्को मारिरहेका छौं भन्दै यसको उद्देशअय शिल्पीहरूलाई वित्तीय स्थिरता, मान्यता तथा कौशल विकासका अवसरहरू प्रदान गर्नुरहेको डा. सरकारले बताए। लाभार्थीहरूलाई ₹ 15,000 को टुलकिट सहुलियत, वृत्तिकाका साथमा बुनियादी कौशल प्रशिक्षण, ₹ 3 लाखसम्म अति नै कम ब्याज दरमा धरौटीमुक्त ऋण तथा बेच-बिखनमा सहयोग लगायत अन्य लाभ प्रदान गरिनेछ।

यस महत्त्वकाङ्क्षी पहलले भारतव्यापी रूपमा आगामी पाँच वर्षभित्र ₹13,000 करोडको लगानीका साथ 30 लाखभन्दा धेरै शिल्पीलाई सशक्त बनाउने लक्ष्य राखेको छ। यो योजना मात्र नभएर भारतका शिल्पी अनि कारीगरहरूले आफ्नो पारम्परिक पेशाको संरक्षण गर्नका साथै वैश्विक स्तरमा स्थापित हुने सुनिश्चित गर्ने आन्दोलन पनि हो।

कार्यक्रममा केन्द्रिय राज्यमन्त्री डा. सरकारले पीएम विश्वकर्माका लाभार्थीहरूसँग पनि संवाद गरे। यसअघि गान्तोकका जिल्लापाल तुषार जी निखरेले स्वागत सम्बोधन पेश गरेका थिए।

यस अवसरमा विधायक वाईटी लेप्चा, डा. सोनामछिरिङ भेञ्चुङपा, राज्य सरकारको वाणिज्य एवं उद्योग सचिव कर्म आर. बोन्पो, कौशल विकास सचिव कर्मनामग्याल भोटिया तथा कार्यकारी निर्देशक एलके त्रिपाठी पनि उपस्थित थिए।

पृष्ठभूमि

पीएम विश्वकर्मा

पारम्परिक शिल्पकलामा संलग्न मानिसहरूलाई सहयोग गर्नु प्रधानमन्त्रीको निरन्तर कोशिश रहेको छ। यो प्रयास शिल्पी अनि कारीगरहरूलाई वित्तीय रूपमा सहयोग गर्नु मात्र नभएर पुस्तौं पुराना परम्परा, संस्कृति अनि विविधतापूर्ण धरोहरलाई जीवित राख्नका साथै स्थानीय उत्पाद, कला अनि शिल्पको पृष्ठपोषण गर्नु पनि रहेको छ।

कूल ₹ 13,000 करोडको परिव्ययका साथ पीएम विश्वकर्मा योजनालाई केन्द्र सरकारले पूर्णरूपमा वित्तपोषित गर्नेछ। योजना अन्तर्गत विश्वकर्माहरूलाई साझा सेवा केन्द्रहरूको माध्यमद्वारा बायोमेट्रिक आधारित विश्वकर्मा पोर्टलमा निःशुल्क पञ्जिकरण गराइनेछ। उनीहरूलाई पीएम विश्वकर्मा प्रमाण पत्र, पहिचान पत्र, कौशल उन्नयन लगायत बुनियादी एवं उन्नत प्रशिक्षण, ₹ 15,000 को टूलकिट सहुलियत, ₹ 1 लाख (पहिलो किस्ती), र ₹ 2 लाख (दोस्रो किस्ती) सम्म धरौटीमुक्त 5% को छूट ब्याज दरमा ऋण, डिजिटल लेनेदेनको निम्ति सहुलियतका साथमा बेच-बिखनमा पनि सहयोग प्रदान गरिनेछ।

योजना गुरु-शिष्य परम्पराका साथै हात अनि औजारको माधअयमद्वारा काम गर्ने विश्वकर्माहरूको परिवार आधारित पारम्परिक कौशलको पृष्ठपोषण अनि सुदृढिकरणतर्फ लक्षित छ। पीएम विश्वकर्मा योजनाको मूल ध्येय शिल्पी अनि कारीगरहरूका उत्पाद अनि सेवाको गुणस्तरमा सुधारका साथै पहुँच बढाउनका अतिरिक्त उनीहरू स्वदेशी तथा वैश्विक मूल्य शृङ्खलासँग एकिकृत हुने सुनिश्चित गराउनु पनि रहेको छ।

योजनाले भारतव्यापी रूपमा शहरी साथै ग्रामीण भेकका शिल्पी अनि कारीगरहरूलाई सहयोग प्रदान गर्नेछ। पीएम विश्वकर्मा योजना अन्तर्गत 18 पारम्परिक शिल्पकला समेटिनेछ। ती हुन् : (1) काठ मिस्त्री, (2) डुङ्गा बनाउने, (3) अस्त्रकार, (4) लोहार, (5) मार्तोल अनि अन्य औजार बनाउने (6) चाबी बनाउने, (7) सुनारे, (8) कुम्हाले, (9) मूर्तिकार, ढुङ्गा कात्ने, (10) मोची, (11) राजमिस्त्री, (12) थुन्से-डालो बुन्नो, कुचो बाट्ने, डोरी बाड्ने, (13) गुडिया अनि खोलौना बनाउने (पारम्परिक), (14) हजाम, (15) मालाकार, (16) धोबी, (17) दर्जी र (18) माछा मार्ने जाल बुन्ने।

*****


(रिलिज आईडी: 1958242) आगन्तुक काउन्टर : 34
मा यो विज्ञप्ति पढ्नुहोस्: English