रक्षा मन्त्रालय

भारतले नयाँ रणनीतिक शक्ति प्राप्त गरेको छ; सीमाहरू पहिले भन्दा बढी सुरक्षित: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले लाल किल्लाको प्राचीरबाट स्वतन्त्रता दिवसको सम्बोधनमा भन्नुभयो


“सशस्त्र बललाई आधुनिकीकरण गर्दै; उनीहरूलाई युवा बनाउनु र भविष्यका चुनौतीहरूसँग लड्न तयार पार्नु हाम्रो उच्च प्राथमिकता हो”

Posted On: 15 AUG 2023 12:29PM by PIB Gangtok

भारतले हालैका वर्षहरूमा नयाँ रणनीतिक शक्ति प्राप्त गरेको छ र आज हाम्रो सिमाना पहिले भन्दा बढी सुरक्षित छ”, प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 15 अगस्त, 2023 मा 77 औं स्वतन्त्रता दिवसमा ऐतिहासिक नयाँ दिल्लीको लाल किल्लाको प्राचीरबाट राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भन्नुभयो। उहाँले वर्तमान वैश्विक सुरक्षा परिदृश्यमा राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सरकारको अटल सङ्कल्प दोहोर्याउनु भयो र सशस्त्र बलको आधुनिकीकरण अनि भविष्यका सबै चुनौतिहरूसँग लड्न तयार भई सशस्त्र बलको आधुनिकीकरण गर्न थुप्रै सैन्य सुधारहरू भइरहेको बताउनु भयो।

आतङ्कवादी हमलाको सङ्ख्यामा उल्लेख्य कमी आएकाले आज देशका जनताले सुरक्षित महसुस गरिरहेको पनि प्रधानमन्त्रीले जोड दिनुभयो। देश शान्त र सुरक्षित हुँदा विकासका नयाँ लक्ष्य हासिल हुने उहाँको भनाइ छ।

प्रधानमन्त्रीले रक्षा पेन्शन सेवाग्राहीहरूको लामो समयदेखिको माग रहेको वन र्याङ्क वन पेन्शन योजनाको पनि उल्लेख गर्नुभयो, जुन सरकारले सत्तामा आएसँगै लागू गरेको थियो। ओआरओपी हाम्रो देशका सैनिकहरूको सम्मानको विषय थियो। हामीले सत्तामा आएपछि कार्यान्वयन गरेका छौं। आज रु. 70,000 करोड पूर्व सैनिकहरू र तिनीहरूका परिवारहरूमा पुगेको छ”, उहाँले थप्नुभयो।

प्रधानमन्त्रीले देशको सुरक्षा र हितको रक्षा गर्ने सिमानामा रहेका सशस्त्र बलका जवानहरूलाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ।

****



(Release ID: 1949058) Visitor Counter : 81